चौरी देउराली गाउँपालिका वडा नं. ५ राम्चेमा निर्माण भैरहेको चौरी खोला करिडोर सडक खण्ड अन्तर्गत राम्चे, बाली विरुवा सडक अन्तर्गत राम्चेमा धर्तीबारी मोड देखि यता र राम्चे प्रा.वि उता विचमा भएको करिडोरको नालीबाट आएको पानीले राम्चेको तल्लो यस्ती जोखिममा परेको छ । गतसाल असोज महिनाको अबिरल वर्षाले राम्चेको तल्लो बस्तीका ९ घर पहिरोको उच्च जोखिममा परिरहेको र सो समयमा वडा नं. ५ का वडा अध्यक्ष केदार गौतमले समेत त्यसको निरीक्षण गर्नुभएको थियो । घर भित्र पानी निस्कने, घरहरु चर्कने र बारीका कान्लाहरु लडेर ९ घर बस्ती अस्तव्यस्त भएका थिए । घरहरु जलमग्न हुनेहरु भोलानाथ गौतम कुमार गौतम, कृष्णप्रसाद गौतम, सुदर्शन गौतम, शिवप्रसाद गौतम लगायत थिए । जलमग्नको मुख्य कारण चौरीखोला करिडोर सडकको भित्तामा बनेको नाली हो । त्यो ड्रेनबाट निस्कने पानीको व्यवस्थापन कसले गर्ने ? के त्यो वस्ती नै बगोस् ? जिल्ला पूर्वाधार विकास कार्यालयमा निवेदन समेत दिएपछि हालसम्म त्यसको निर्माण हुन सकेको छैन । चौरी देउराली गाउँपालिका पनि कानमा तेल हालेर बसेको छ । क्षतिग्रस्त घर निर्माण गर्न २५ हजार दिएर मात्र हुन्छ स्थानीय भोलानाथ गौतमले भन्नुभयो ।
–स्थानीय भोलानाथ गौतम
चौरीदेउराली–५, राम्चे
