IMG-LOGO

काभ्रे जल्लामा ३ लाख २६ हजार ६ सय ११ मतदाता

 मंगल, पौष १५, २०८२  --

     निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि फागुन २० गतेसम्म २० वर्ष उमेर पुगेका मतदाताहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम भएका छन् । बागमती प्रदेशमा ३६ लाख ८२ हजार ३ सय १० मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख २६ हजार ६ सय ११ मतदाता कायम भएका छन् । पुरुष मतदाताको संख्या १ लाख ६७ हजार ४ सय ९९ रहेको छ भने महिला मतदाताको संख्या १ लाख ५९ हजार १ सय १० रहेको छ । अन्य मतदाता २ जना रहेको जनाएको छ ।

     २०७९ को प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक जिल्लामा ३ लाख १० हजार ६३ मतदाता कायम थिए । २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा १६ हजार ५ सय ४८ मतदाता थपिका छन् । काभ्रेमा २ वटा निर्वाचन क्षेत्र कायम छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ६१ हजार १ सय मतदाता कायम भएका छन् । जसमा पुरुष ८३ हजार ७ सय ७३ र महिला ७७ हजार ३ सय २६ रहेका छन् । अन्य १ जना छन् । निर्वाचन क्षेत्र नम्वर १ मा खानीखोला, चौरीदेउराली, तेमाल, धुलिखेल नगरपालिकाको वडा नम्वर ८ देखि १२ सम्म, नमोबुद्ध नगरपालिका, पनौती नगरपालिकाको वडा नम्वर ४,५,६,७,८,९ र १० नम्वर वडा पर्छन । त्यस्तै बेथान्चोक गाउँपालिका वडा नम्वर ६, महाभारत गाउँपालिका र रोशी गाउँपालिका रहेका छन् । 

     प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा १ लाख ६५ हजार ५ सय ११ मतदाता रहेका छन् । पूरुष ८३ हजार ७ सय २६ र महिला ८१ हजार ७ सय ८४ मतदाता कायम भएका छन् । अन्यमा १ जना मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्वर २ मा धुलिखेल नगरपालिका वडा नम्वर १ देखि ७ सम्म, पनौती नगरपालिका वडा नम्वर १, २, ३, ११ र १२, पाँचखाल, बनेपा, बेथान्चोक १ देखि ५ सम्म, भुम्लु र मण्डनदेउपुर नगरपालिका पर्छन । मतदाताहरुका लागि मतदान गर्न १ सय ८९ वटा मतदान स्थलमा ४ सय वटा मतदान केन्द्र कायम भएको छ । १३ पालिकामा १ सय ३५ वटा वडा छन् । प्रतिनिधि सभा निर्वाचन २०७९ मा १ सय ९० वटा मतदान केन्द्र कायम थिए भने ३ सय ८९ वटा मतदान केन्द्र कायम गरिएको थियो । मतदान केन्द्रलाई ५८वटा जटिल, ७६ वटा मध्यम र ५६ वटा सामान्य कायम गरिएको छ । प्रतिनिधि सभा २०७९ मा ३,११२ कर्मचारी रहेका थिए ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्