IMG-LOGO

जिल्ला बचत संघ काभ्रेको नेतृत्वमा पुनः उदयराम

 मंगल, पौष १५, २०८२  --

     जिल्ला बचत संघ काभ्रेको २८ औ वार्षिक साधारण सभाबाट पुनः उदयराम कायस्थ निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेस, एमाले र नेपाली कम्यूनिस्ट पार्टी तीनदलीय गठबन्धन बीच सम्झौता अनुसार सर्वसम्बत गर्ने भनिएपनि उपाध्यक्ष पदमा सहमती नभए सँगै निर्वाचन भएको हो । जिल्ला बचत संघ काभ्रेका निवर्तमान बरिस्ठ उपाध्यक्ष सागरनाथ कपाली र निवर्तमान महिला उपाध्यक्ष निर्मला श्रेष्ठ बिच एक पदमा मात्र चुनाव भएको हो । तीनदलीय गठबन्धनमा सहमती भएको विषयमा असन्तुस्टी व्यक्त गरी एमाले भनिए पनि आफू एमाले नरहेको स्वतन्त्ररुपमा सहकारी अभियानको तर्पmबाट उम्मेदवार दिएको भन्दै सागरनाथ कपाली चुनावी मैदानमा उत्रनु भएको थियो । उपाध्यक्ष पदमा भएको निर्वाचनमा निर्मला श्रेष्ठले ६७ मत प्राप्त गरी विजयी हुनुभयो प्रतिस्पर्धी सागरनाथ कपालीले ४७ मत प्राप्त गरेको हो । १ सय १७ मतदाता प्रतिनिधि रहेका थिए । सघंको उपाध्यक्षमा निर्मला श्रेष्ठ, सचिव राजन अधिकारी, कोषाध्यक्ष जीवन श्रेष्ठ संचालक समिति सदस्यहरुमा विनोद सापकोटा,जान्दवी अधिकारी, श्रीकृष्ण न्यौपाने, चन्दा श्रेष्ठ, राजन सापकोटा निर्वाचित भएका छन् । त्यसै गरी लेखा समिति संयोजक शिवप्रसाद आचार्य सदस्यमा नवराज केसी र राजकुमार आचार्य निर्वाचित भएका छन् । साधारण सभाको अध्यक्षता उदयराम कायस्थले गर्नुभएको थियो । सघंले ४ वर्षमा गरेको कामको समिक्षा, सहकारीको वृतिविकासका विषय बस्तुमा सवाल र अहिलेको सहकारीको अबस्थाका बारेमा प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले प्रस्तुत गर्नुभएको थियो ।

     कार्यक्रममा सघंको बार्षिक प्रतिबेदन सचिब सुरेन्द्र प्रसाद पौडेलले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष जीवन श्रेष्ठले राखेका थिए भने लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन संयोजक शिबप्रसाद आचार्यले प्रस्तुत थिए । सघंले आर्थिक वर्ष २०८१/०८२ मा ८ करोड २ लाख ४४ हजार शेयर पूँजी लगानी ६८ लाख ४० हजार १ सय, ऋण लगानी ४६ करोड ८७ लाख ४१ हजार, वित्तिय लगानी ३१ करोड रहेको जनाएको छ । सघंका अध्यक्ष उदयराम कायस्थले संघले तरलता संकट परेका संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न ५ करोडको विशेष ऋण सेवा मार्फत सहुलियत दरमा ऋण लगानी गरिएको, संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति र व्यवस्थापन प्रमुखहरुलाई लक्षित गरी निशुल्क सदस्य सक्षमता विकास तालिम मार्फत समितिका पदाधिकारीको काम कर्तव्य र अधिकार, सुशासन, ऋण लगानी र असुलीको कानूनी बहस पैरबी गर्दै आएको बताउनुभयो ।

     गत असोज ११ र १२ गतेको अबिरल बर्षाले गरेको क्षतिग्रस्त स्थानहरुमा स्थानीय पालिकासँग समन्वय गरी विभिन्न संघ संस्थाले गर्नुभएको आर्थिक सहयोग रु १ लाख २३ हजार ४ सय र संघको तर्फबाट रु २ लाख ७, हजार गरी कुल ३ लाख ३० हजार बराबारको समाग्रीहरु सहयोग गरिएको कायस्थले उल्येख गर्नुभयो । जिल्लाका विभिन्न धार्मिक तथा साँस्कृतिक स्थलमा हुने फोहर व्यवस्थापनका लागि ३५ थान डस्टविन वितरण गरिएकोे, संस्थाको जोखिम र सुधारात्मक अनुगमन गरी कुल ४७ वटा संस्थाको अनुगमन गरेको, कुल ६३ वटा तालिम गोष्ठिको आयोजना गरी कुल २ हजार ४ सय ७ सहभागी भइ लाभान्वित भएको जनाएको छ ।

     कार्यक्रममा बागमती प्रस्कुनका अध्यक्ष उद्धब सापकोटा, सघंका सल्लाहाकारहरु सम्भुलाल श्रेष्ठ तिर्थमाया प्रधान, रामहरी केसी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीलले राखेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको तीनदलीय गठबन्धनको बीचमा सम्झौता भएसँगै जिल्ला बचत संघ काभ्रेको २८ औं साधारण सभा तथा निर्वाचनमा पद बाँडफाड गरी भाग बण्डामा मिलाएको थियो । कांग्रेस उपाध्यक्ष सहित ५ पद, एमाले अध्यक्ष पद सहित ४ र नेपाली कम्यूनिष्ट पार्टी सचिव सहित ३ पद भाग बण्डा गरेर सर्वसम्वत गरेपनि उपाध्यक्ष पदमा निर्मला श्रेष्ठ र सागरनाथ कपाली चुनावी मैदानमा उत्रेका थिए ।

उत्कृष्ट सहकारीलाई पुरस्कृत

     आ.व. २०८१/०८२ मा उत्कृष्ट वित्तीय कारोबार गरेकोमा मण्डनदेउपुर साकोस मण्डनदेउपुर नगरपालिका त्यस्तै गरी गाउँपालिका तर्पm तेमाल सृजनसिल सकोस ठूलो पर्सेल वडा नं. ६ लाई पुरस्कृत गरेको छ । त्यसैगरी उद्यम विकास साकोस पनौतीको व्यवस्थापक उत्तम श्रेष्ठलाई सम्मानित गरेको छ ।

योगदान पुर्‍याउने सञ्चालक र लेखा समिति र सल्लाहकारलाई कदर पत्र

     जिल्ला बचत संघका प्रमुख सल्लाहकार रामहरी केसी, सम्भुलाल श्रेष्ठ, इन्द्रप्रसाद अधिकारी प्रदिप थापालाई कदर पत्र र सल्लाहकार तिर्थमाया प्रधानलाई सम्मानपत्र सहित दोसल्ला ओढाइ सम्मान गरिएको थियो । कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक एवं जिल्ला बचत संघका कानुनी सल्लाहकार नवराज वडालले निर्वाचित हुनुभएका बचत संघ काभ्रेका संचालक समितिलाई प्रमाणपत्र र गोपनियताको सपथ खुवाउनुभयो । निर्वाचन समिति सदस्यद्वय केशव दाहाल र अनिलकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

     जिल्ला बचत संघका निवर्तमान सचिव सुरेन्द्रप्रसाद पौडेल, सञ्चालक सदस्यहरु बालकृष्ण दाहाल, ज्ञानुदाहाल सत्यवती भट्टराइ र रमेशप्रसाद न्यौपानेलाई कदर पत्र प्रदान गरेको छ । लेखासुपरीवेक्षण समितिका निर्वतमान सदस्यद्वय पुस्पराज कोइराला र दिपेन्द्र श्रेष्ठलाई कदरपत्र प्रदान गरेको छ । जिल्ला बचत संघका सचिव सुरेन्द्र्र प्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण सहायक प्रमुख कार्यकारी अधिकृत रबि केसीले गर्नुभएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्