पंतजली योग समिति बाग्मती प्रदेशको तत्वाधानमा पंतजली योग समिति काभ्रे, महिला पंतजली योग समिति काभ्रको आयोजनार श्री सृष्टिकान्त लोकेश्वर योग साधना केन्द्र उग्रचण्डी नालाको व्यवस्थापनमा बनेपा न.पा ४ नालामा यहि पौष ३ गते बाट संचालित १५ दिने सहयोग शिक्षक प्रशिक्षण तालिमको बनेपा न.पा ४ का वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठले उद्घाटन गर्नुभयो ।
पंतजली योग समिति बागमती प्रदेश प्रमुख ग्रुवेन तौजले प्रमुख प्रशिक्षक रहनुभएको उक्त तालिमको उद्घाटन समारोहको सभापतित्व पंतजली योग समिति काभ्रेका का.वा. अध्यक्ष मोहन कृष्ण श्रेष्ठले गर्नुभएको कार्यक्रममा पंतजली योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले र युवा नेपालका अध्यक्ष रमेश श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । सो कार्यक्रममा पंतजली योग समितिमा महिला समितिका महामन्त्री लक्ष्मी श्रेष्ठ, संगठन मन्त्री कान्छा कुमार श्रेष्ठ, सुन्दर कर्णजित, लक्ष्मी श्रेष्ठ, शिव प्रसाद तिमल्सिना लगायतका पदाधिकारीहरु र योग साधक साधिकाहरुको उल्लेखनिय उपस्थिति रहेको थियो । ३५ जना योग साधक साधिकाहरुले तालिममा भाग लिई रहनुभएको संञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनुभयो ।
