धर्म रक्षित रक्षत ‘यहि पुष ५ गते शनिवार राष्ट्रिय धर्म सभा नेपाल काभ्रे शाखाको बैठक शाखाका अध्यक्ष बद्रिप्रसाद सुवेदीको अध्यक्षतामा पनौती–११ बल्थली स्थित लक्ष्मी नारायण पञ्चायन मन्दिरमा बस्यो । कार्यक्रम धर्म सभा नेपालको राष्ट्रिय अध्यक्ष नायव वडा गुरुज्यू माधव प्रसाद भट्टराईको प्रमुख आथित्यमा सम्पन्न भयो । कार्यक्रममा धर्म सभा नेपालले धर्म र धर्मसँग सम्बन्धित विभिन्न विषयमा चर्चा गर्नु भयो भने पूर्व मन्त्री कान्ता भट्टराईले धर्मको माध्यम बाट आचरण शुद्धी गर्दै समाज र देश परिर्वतन हुने कुरा बताउनु भयो । कार्यक्रममा प्रमूख अतिथी बडा गुरुज्यू भट्टराईले हाम्रो शरिर पञ्चतत्वले बनेको हुनाले हामी सबैले पञ्चायन भगवानको पूजा अर्चना ध्यान चिन्तन गर्नु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा कालाग्नी रुद्र पिन लंकेश्वरका पिठाधिस मुकुन्द शर्मा हुमागाईले लेकेश्वर महात्म्य प्रस्तुत गर्नु भएको थियो । राष्ट्रिय धर्मसभामा का केन्द्रीय सदस्य राजनितिज्ञ समाजसेवी गुरुहरुको उपस्थिती रहेको कार्यक्रमको स्वागत मन्तव्य पं हरिहर सुवेदी र कार्यक्रम सञ्चालन मुकुन्द अर्यालले गर्नु भएको थियो धर्म सभा नेपालले महेश थापा देवेन्द्र भारती शकुल थापालाई कार्यसामितिको सदस्यमा मनोनित गरेको थियो ।
