IMG-LOGO

जिल्ला बचत संघहरुको राष्ट्रिय भेला सहकारी जोगाउ अभियान

 मंगल, पौष ८, २०८२  --

 

     जिल्ला बचत सहकारी संघहरुको राष्ट्रिय भेला २०८२ को उद्द्घाटन राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डाक्टर खगराज शर्माले गर्नुभयो । देश भरी ६८ वटा  बचत तथा ऋणको कारोबार गर्ने संघ रहेका छन् । सहकारी क्षेत्रले आर्थिक, सामाजिक बिकासमा सहयोग पु¥याएको औचित्यको भेलामा प्रष्ट पारीएको थियो । सहकारी संस्थाहरुले शेयर सदस्यहरुको जीवनमा आर्थिक उन्नती, उद्यमसिलताको बिकास, सामाजिक जागरण ल्याएको उल्येख गरियो । राष्ट्रिय सहकारी महासंघका का वा अध्यक्ष रमेश पोखरेल केन्द्रीय बचत संघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ति अधिकारी, वागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, लुम्बीनी अध्यक्ष कृष्ण नेपाल, कोषी वरिष्ठ उपाध्यक्ष चन्द्र खड्का लगायतले सहकारी संस्थाहरुको वर्तमान अवस्था र नियमन प्राधिकरणले सहकारी संस्थाहरुको वृद्धि विकासमा सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्ठले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्