बनेपामा विरयानीका पारखीहरुका लागि विरायनी प्वाईन्ट बुधबार शुभारम्भ गरिएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले विरयानी प्वाईन्टको शुभारम्भ गर्दै ब्यापारीक नगरीमा फरक खालको स्वाद पस्कन शुरु भएको विरायनी प्वाईन्ट हरेकको आर्कषक बन्न सक्ने धारणा व्यक्त गर्नुभयो । मोहम्मद शेख अताउल संचालक रहेको उक्त विरायनी प्वाईन्टमा हैदरावादी दम विरयानी (मसलायुक्त) र हैदरावादी मुरादावादी विरयानी (सादा) का साथै चिकेन, रोस्ट, चिकेन कवाफ, चिकेन कुर्मा, चिकेन चेगेज, चिकेन सोर्मा लगायतका परिकार उपलब्ध रहेका छन् । विरयानी अब चारदोवाटो नजिकै कुमारी बैक पछाडी उपलब्ध हुने भएको छ ।
