IMG-LOGO

सामुदायिक रेडियोको १९ औं सम्मेलन सम्पन्न

 मंगल, पौष ८, २०८२  – हरिनाथ न्यौपाने

     सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलन तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १९औं वार्षिक साधारणसभा चितवनको सौराहामा विभिन्न कार्यक्रमका साथ आईतवार सम्पन्न भएको छ । प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्मेलनको उद्घाटन गर्दै सामुदायिक रेडियोको भूमिका समुदायमा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । समुदायको जागरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकार र स्थानीय सरकार मिलेर सामुदायिक रेडियो अभियानलाई बचाउने र विकास गर्नुपर्ने धारणा राख्नुभयो । रेडियो स्थापनाको समयमा कुनै दलप्रति आस्था राख्ने भए पनि रेडियोलाई कुनै दल वा संगठनको जस्तो बनाउन नहुनेमा मुख्यमन्त्री बानियाँले जोड दिनुभयो । विशेष अतिथि बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सामुदायिक रेडियोको अभियानमा साझेदारी र सहकार्यका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साधारणसभाको बन्द सत्रमा कार्यवाहक महासचिव भक्त स्याङ्तान, कोषाध्यक्ष तुला अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने प्रतिवेदनमाथि साधारणसभामा सहभागी रेडियो सञ्चालकहरुले प्रतिक्रिया जनाएका थिए । साधारण सभा तथा रेडियो सम्मेलनमा देशभरबाट २ सय भन्दा बढी सामुदायिक रेडियो सञ्चालकहरुको सहभागिता रहेको थियो । अकोरावका अध्यक्ष अर्जुन गिरिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अमार्क एशिया प्यासिफिकका अध्यक्ष डा.रामनाथ भाट, उपाध्यक्ष सुवास खतिवडा, कार्यकारी निर्देशक सुमन बस्नेत लगायत कार्यसमितिका पदाधिकारीहरु हुनुहुन्थ्यो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्