IMG-LOGO

प्रधानसेनापति केहरसिंहको २५४ औं स्मृति दिवस

 मंगल, पौष ८, २०८२  --

 

     प्रधानसेनापति काजी केहरसिंह बस्न्यातले १८२८ पुष १ गते नेपाल एकीकरणको सिलसिलामा सतहुकोट (हाल स्याङ्जा) को लडाइँमा बीरगती प्राप्त गरेको २५४ औ स्मृति दिवसको कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा त्रिभुवन आर्मी अफिसर क्लब जङ्गी अड्डामा आयोजक श्रीपाली बस्न्यात समाज नेपालका अध्यक्ष सेनानी थम्मन बहादुर बस्न्यातको सभापतित्वमा सम्पन्न भयो । प्रा.डा. रमेश कुमार ढुङ्गेल, सौरभ रथी पवन बहादुर पाँडे लगायतले इतिहास कालखण्डको सवालमा धारणा प्रस्तुत गर्नुभएको थियोे । प्राडा ढुङ्गेलले मुलुकको विसम परिस्थितिलाई नियाल्दा हाम्रो राष्ट्रियता कमजोर भएको देखिन्छ । देश र जनताको वृहत्तर हितमा देश भित्रका सबै शक्ति एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो । सौरभ रथीले शक्ति आर्जन, पैसाका लागि विदेशी दलाल बन्नु राष्ट्रघाती भएको बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्