IMG-LOGO

नेपाल पत्रकार महासंघ काभ्रेले ३३ औं स्थापना दिवस मनायो

 मंगल, पौष ८, २०८२  --

     नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखाले ३३ औं स्थापना दिवस मनाएको छ । बनेपा नगरपालिका वडा नं ६, बुडोलस्थित शाखाको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले ‘पत्रकारिता दर्पण’ स्मारिका विमोचन गर्नुका साथै वेबसाइट जततउकस्ररालवपबखचभ।यचनर शुभारम्भ गर्नुभएको हो । वेबसाइटमा महासंघको इतिहास, सदस्य, सञ्चारमाध्यम, सञ्चारकर्मीको विवरणका साथै संस्थाका विगत र वर्तमानका गतिविधी समावेस गरेको छ । स्मारिकामा महासंघको इतिवृतान्त, पत्रकारिताका वर्तमान चुनौती र प्रविधी अनुरुपको पत्रकारिताका विविध लेख समावेस गरेको छ ।

     २०४९ साल पुष २ गते धुलिखेलमा भएको भेलाले आवाज साप्ताहिकका सम्पादक यादव थपलियाको संयोजकत्वमा नेपाल पत्रकार महासंघ (तात्कालिन नेपाल पत्रकार संघ)को ५ सदस्यीय तदर्थ समिति गठन गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष शर्माले महासंघको नेतृत्वमा आएको एक बर्षक अवधीमा श्रोतको अभावमा संस्थागत विकासको लागि सोचे अनुरुप काम गर्न नसकेको बताउँदै सञ्चारकर्मीहरुको वृहत्तर हकहित, क्षमता अभिवृछि, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाको लागि महासंघले काम गर्दै आएको बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता भएको संविधानको संरक्षण गरी स्वतन्त्र नागरिक समूहसहित नेपाल पत्रकार महासंघ र सबै प्रेस सम्बद्ध संगठनहरूले जिम्मेवारी बहन गर्नुपर्ने जनाउनुभयो । महासंघ अध्यक्ष शर्माले आगामी फागुण २१ गते हुने चुनाव तोकीएकै समयमा गर्न सञ्चार माध्यमले खबर पारी गर्नुपर्ने उल्येख गर्नुभयो ।

     नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश कार्यसमितिका अध्यक्ष कृष्ण सारु मगर कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष एवं सल्लाहकारहरु भोजराज तिमल्सिना, इश्वरी ओझा, भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, मोतिराम तिमल्सिना, बद्रिराज तिमल्सिना, अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ कामना प्रकाशन प्रतिष्ठानका अध्यक्ष भगवती तिमल्सिना, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेश समितिका सदस्य सुनिता सापकोटा, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकका सचिव शुभराज अधिकारी, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष इन्द्रबहादुर थापा, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोका उपाध्यक्ष कपिल कोइराला लगायतले मन्तव्य राख्नुभयो ।

     नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोद न्यौपानेले सबै अग्रज र सहयोगीहरुको साथ र सहयोगले महासंघले पूर्वाधारहरु निर्माण गर्नसकेको आगामी दिनमा पत्रकारिता तालिम, अन्तरक्रिया, क्षमता अभिवृद्धि लगायतका काममा ध्यान केन्द्रीत गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन शाखा सचिव नगेन्द्र अधिकारीले गर्नुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्