नेकपा एमालेको ११ ओं राष्ट्रिय महाधिवेशनमा काभ्रेका ५ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । सचिवमा झिनो मतले पराजित भएका गोकुल बास्कोटा केन्द्रिय सदस्यमा भने निर्वाचित भएका छन् । बास्कोटा खुला केन्द्रीय सदस्यमा ११९५ मतका साथ विजयी भएका हुन् । बास्कोटा सचिवमा ७८ मतले पराजित भएका थिए । केन्द्रिय सदस्यमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं एमाले काभ्रेका पुर्व अध्यक्ष अशोक ब्याञ्जु, अनेरास्ववियुका पुर्व अध्यक्ष समिक बडाल, राष्ट्रिय युवा संघ नेपालका पुर्व उपाध्यक्ष अमित लामा र केन्द्रिय सदस्य समावेशी दलित महिला रुक्मिणी राना बराइली निर्वाचित भएका छन् ।
