नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघका पूर्व अध्यक्ष समेत रहेका योगेन्द्रनाथ कर्माचार्यलाई नेपाल सरकारबाट यातायात क्षेत्र सम्वन्धी जाँचबुझ आयोगको सदस्य पदमा नियुक्त गरेको छ । यातायात क्षेत्रका विज्ञ कर्माचार्यलाई २०८२ मंसिर २२ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले उहाँलाई सदस्य पदमा नियुक्त गरेको हो । जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उप दफा २ बमोजिम ३ सदस्यीय समिति गठन गरेको हो । उक्त आयोगको अध्यक्षमा दिपक सुवेदी, योगेन्द्र नाथ कर्माचार्य र सरद अधिकारी रहेका छन् । आयोगले यातायात क्षेत्रको विद्यमान अवस्था रुटपरमिट, प्रदुर्षण विविध समस्याहरुको खोजी गरि राय पेश गर्ने कार्य गर्दछ ।
