IMG-LOGO

श्रीखण्डपुर माविको ४७ औं वार्षिकोत्सव

 मंगल, पौष ८, २०८२  --

     श्रीखण्डपुर माविको ४७ औं वार्षिकोत्सव तथा पदक वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका संचालक अध्यक्ष अशोकचन्द्र गोपाल धुँजू श्रेष्ठको सभापतित्वमा तथा धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि व्याञ्जुले धुलिखेल नगरले शिक्षा, स्वास्थ्य खेलकुदको विकासलाई प्रमुख प्राथमिकताका साथ कार्य गर्दै आएको र शैक्षिक गुणस्तर वृद्धिमा समेत परिवर्तन ल्याएको बताउनुभयो । धुलिखेल नगर शिक्षा शाखा प्रमुख डिकबहादुर राइ, धुलिखेल वडा नं. ५ का अध्यक्ष प्रयोद कुमार श्रेष्ठ, सामुदायिक रेडियो प्रसारक संघ काभ्रे संयोजक रमेशप्रसाद न्यौपाने, छिमेकी विद्यालयका प्रधानाध्यापकहरुको आतिथ्यता रहेको कार्यक्रममा विद्यालयलाई योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक जुजुभाइ मानन्धरले शैक्षिक उपलब्धीको बारेमा जानकारी गराउनु भएको थियो । मन्तव्य राख्ने बक्ताहरुले सामुदायिक विद्यालय मध्ये श्रीखण्डपुर माविले शैक्षिक स्तरीयता प्रदान गर्न सकेको धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक शिवप्रसाद बञ्जाराले गर्नुभएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्