दक्षिण एसियाली देशहरूमध्ये नेपाललाई यौनकर्मी संख्या भएको देश मध्ये चौथो ठूलो देशका रूपमा पहिचान गरिएको छ । सार्कको एचआईभी–एड्स केन्द्रले काठमाडौंमा विश्व एड्सविरुद्धको दिवसका अवसरमा यहि डिसेम्बर १८ २०२५ मा आयोजित कार्यक्रममा उपनिर्देशक डा. राबेया सुल्तानाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार नेपालमा सन् २०२४ सम्म १ लाख १५ हजार ९ सय यौनकर्मी रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । दक्षिण एसियाली सूचिमा भारत पहिलो स्थानमा रहेको छ, जहाँ ९ लाख ९५ हजार ५०० यौनकर्मीको विवरण देखाइएको छ । त्यस्तै पाकिस्तानमा २ लाख २८ हजार ८०० र नेपालभन्दा माथिल्लो स्थानमा रहेको बंगलादेशमा १ लाख ६१ हजार ८०० यौनकर्मी रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस क्षेत्रका सबै देशहरूमध्ये सबैभन्दा कम यौनकर्मी भुटानमा ६०० रहेको पाइएको छ भने माल्दिभ्सका लागि कुनै तथ्यांक उपलब्ध नभएको बताइएको छ । उपनिर्देशक सुल्तानाका अनुसार पूरा दक्षिण एसियामा करिब १५ लाख यौनकर्मी रहेको अनुमान गरिएको छ, जसले यी देशहरूमा स्वास्थ्य तथा सामाजिक संरचनासम्बन्धी चुनौतीलाई अझ स्पष्ट बनाएको छ ।
यौनकर्मी संख्यामा नेपाल अगाडि देखिए पनि एड्स संक्रमण दर भने पछिल्ला २० वर्षमा उल्लेखनीय रूपमा घटेको तथ्य प्रतिवेदनले देखाउँछ । नेपालमा एचआईभी र एड्स संक्रमण ९० प्रतिशतले कम भएको छ, जुन दक्षिण एसियाकै सबैभन्दा ठूलो प्रगति मानिएको छ । विशेषज्ञहरूका अनुसार जनचेतना, स्वास्थ्य सेवा पहुँच र संक्रमण रोकथामका कार्यक्रमहरू प्रभावकारी रूपमा लागू भएका कारण नेपालले यस क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्न सकेको हो ।
हाम्रो नेपालाको इतिहासलाइ हेर्ने हो भने नेपालमा चेलीबेटी बेखबिखनबाट सुरु भएको इतिहास अहिले आएर बैदेशिक रोजगारसङ्ग जोडेर आएको छ । पिडितहरु कति छ्न भन्ने कुराको कुनै एकिकृत तथ्याङ्क छैन । पिडितहरु अधिकाङ्स तामाङ, र सिमान्तकृत महिलाहरु देखिन्छन् । यस बारेमा हाम्रो सरकारको आधिकारिक धारणा केही छैन । अझै पनि सरोकारवाला निकाया मौन बस्यो भने यसले विकराल रुप लिने देखिन्छ । यो समस्या को उचित कानुनी व्यवस्था गरी समय मा नै निराकरणको लागी सरकार अगाडि बढ्नु पर्दछ ।
