IMG-LOGO

नागरिकहरुको स्वास्थ्यको वस्तुस्थिति बारे बहस

 मंगल, पौष ८, २०८२  --

     धुलिखेल÷जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा सम्पादित वार्षिक कृयाकलापहरु सम्वन्धी जिल्लाका क्रियासिल सञ्चारकर्मीसँग अन्तरक्रिया आयोजना गरेको छ । जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने प्रमुख आतिथि हुनुहुन्थ्यो । जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपतिले नेपालको स्वास्थ्य अवस्थामा बागमती प्रदेश र काभ्रेपलाञ्चोक जिल्लाको स्थितिका बारेमा साक्षातकार गराउनुभयो ।

     जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले काभ्रेपलाञ्चोक जिल्लामा संचालन भएका विभिन्न कार्यक्रमहरुमा भएको प्रगति र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । जिल्लामा रेविजको महामारी रहेको तर रेविजका लागि आवश्यक पर्ने खोप लगायतका सेवाको अभाव रहेको छ । सामुदायिक कुकुर ब्यवस्थापनमा स्थानीय तहसँग समन्वय गरिरहेको जनस्वास्थ्य प्रमुख रागिश्री कक्षपतिले जनाउनुभयो । महिलाहरु सुत्केरी भएको तीन महिनाको अवधी भित्रै आपूm कार्यरत जिम्मेवारीमा कार्य गर्दा बालबालिकाहरुले ६ महिनासम्म नियमित आमाको दुध खान पाउने अधिकारबाट बञ्चित हुँदा उत्पन्न हुने समस्याका बारेमा बहस पैखी गरी नीति निर्माणमा भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो ।

     आर्थिक वर्ष २०८२÷२०८३ का नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले नेपालमा प्रजनन दरको अवस्था, प्रसुतीको अवस्था, खोप तथा रोगहरुको अवस्थाका बारेमा जानकारुी गराउँदै कुल सुत्केरीको ७.२७ प्रतिशत २० वर्ष मुनिका बालिकाहरु रहेको जनाएको छ । अस्पतालको तथ्यांकमा ५० प्रतिशत जति अप्रेसन मार्फत सुत्केरी हुने गरेको तथ्यांक छ भने ८७ प्रतिशत सुत्केरीहरु स्वास्थ्य प्रदायक संस्थामा हुने गरेको तथ्याङ्कमा उल्येख छ । नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्षद्वय मोतिराम तिमल्सिना, बद्रिराज तिमल्सिना स्वास्थ्यको पहुँच विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो । काभ्रेका १३ पालिकाका १ सय ३४ वडाबाट स्वास्थ्य सेवा पु¥याउँदै आएको छ ।

     मानसिक स्वास्थ्य प्रर्वद्धन कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि, सबै नीतिमा स्वास्थ्य, स्वास्थ्यमा प्रविधिकरण, प्रदेश स्वास्थ्य सहजर्ता कार्यक्रम, योग, ध्यान, प्राणायम तथा प्रदेश योग समिति गठन, एक स्थानीय तह, एक नमुना स्वास्थ्य संस्था कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, एक जिल्ला, एक स्वस्थ सहर कार्यक्रम, अस्पतालहरुमा विशेषज्ञ सेवाहरुको विकास र विस्तार, सुशासन लगायतका आगामी वर्षको कार्यक्रमहरु प्राथमिकतामा रहेको जनस्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्