IMG-LOGO

ग्लोबल कोरिया स्कलरशिप (न्प्क्) सिम्पोजियम २०२५ सम्पन्न

 मंगल, पौष १, २०८२  --

     ग्लोबल कोरिया स्कोलरशिप (न्प्क्) एलुम्नाइ नेपालले त्रिभुवन विश्वविद्यालय बल्खुमा सिम्पोजियम कार्यक्रम गत सोमबार सम्पन्न गरेको छ । न्प्क् एलुम्नाइ नेपाल एक नेपाली प्रागिकहरुको संगठन हो जसमा दक्षिण कोरिया सरकारले दिने छात्रवृति अर्थात् ग्लोबल कोरिया स्कोलरशिपमा छनोट भएर स्नातक, स्नातकोत्तर र बिद्यावारिधि हासिल गरेका नेपालीहरु आबद्ध छन् । नेपालबाट बर्सेनि ८ देखि १० को संख्यामा बिद्यार्थीहरु यस छात्रवृत्ति अन्तर्गत छनोट भएर दक्षिण कोरियाका विश्वविद्यालयहरूमा अध्ययनका लागि जाने गर्दछ्न् । यस संस्थाको उद्देश्य नेपाली न्प्क् प्रागिकहरुलाई एउटै प्लेटफर्ममा ल्याई शैक्षिक, अनुसन्धान तथा व्यावसायिक विकासका गतिविधिहरूमा सहकार्य गर्ने, नेटवर्किङ सुदृढ बनाउने र नेपाल–कोरिया सम्बन्ध सुदृढीकरणमा योगदान पु¥याउने हो । यस वर्षको सिम्पोजियम “द्यचष्मनष्लन म्ष्कअष्उष्लिभक धष्तज ब्क्ष्ः ँचयm ःभमष्अब िद्यचभबपतजचयगनजक तय भ्लनष्लभभचष्लन भ्हअभििभलअभ” भन्ने शिर्षकमा आयोजना गरिएको थियो । कार्यक्रमलाई दक्षिण कोरियाको नेशनल इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेसन तथा नेपालस्थित दक्षिण कोरियाको राजदूतावासले सहयोग प्रदान गरेको थियो । सिम्पोजियमको मुख्य उद्देश्य कृत्रिम बुद्धिमत्ता (ब्क्ष्) तथा सम्बद्ध क्षेत्रहरूमा कार्यरत, अध्यापन तथा अनुसन्धानरत विज्ञहरूलाई विद्यार्थीहरू तथा आकाङ्क्क्षी अनुसन्धानकर्ताहरूसँग एउटै प्लेटफर्ममा ल्याई मार्गदर्शन, प्रेरणा र ज्ञान आदानप्रदान गर्ने थियो । कार्यक्रम अध्यक्षता न्प्क् एलुम्नाइ नेपालका संस्थापक अध्यक्ष डा. रामकान्त लामिछानेले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायक डिन डा. बेदराज आचार्य रहनुभएको थियो ।  विशेष अतिथिमा नेपालस्थित दक्षिण कोरियाको राजदूतावासकी दोस्रो सचिव तथा कन्सुलर सुश्री ली वू जिन उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन न्प्क् एलुम्नाइ नेपालका उपाध्यक्ष डा. इन्द्रराज उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रा.डा. सुधन झा ले त्जभ ऋयmउगतबतष्यलब िऋयचभ ः ब्चअजष्तभअतष्लन च्यदगकत ब्क्ष् ायच ऋचयकक–म्ष्कअष्उष्लिबचथ द्यचभबपतजचयगनजक शीर्षकको प्रस्तुति, त्रिभुवन विश्वविद्यालय क्ष्ऋत् भ्मगअबतष्यल म्भउबचतmभलत का रोमकान्त पाण्डे ले एचयmउत भ्लनष्लभभचष्लन (एभ्) ले कसरी पारम्परिक एऋप् (एभमबनयनष्अब िऋयलतभलत प्लयधभिमनभ) लाई प्रतिस्थापन गर्दै वैयक्तिकृत शिक्षा प्रदान गर्न सक्ने बारे व्याख्या गर्नुभएको थियोे । कार्यक्रममा काठमाडौं विश्वविद्यालय सहप्राध्यापक डा. यज्ञराज पाण्डेयले ब्क्ष् को विकास, यससँग सम्बन्धित अवसर, चुनौती तथा जोखिमहरूबारे चर्चा गर्नुभयो । त्यसैगरी नारायण तिमल्सिनाले हालै सरकारले प्रकाशित गरेको राष्ट्रिय ब्क्ष् नीतिको खाका प्रस्तुत गर्दै सरकार कसरी ब्क्ष् लाई विकास, नियमन र सामाजिक–आर्थिक प्रगतिको माध्यमका रूपमा अघि बढाइरहेको छ भन्नेबारे व्याख्या गर्नुभयो । ज्भबतिज ऋयलअभचल ल्भउब िका ँयगलमभच डा.सुभाष प्याकुरेलले स्वास्थ्य क्षेत्रमा ब्क्ष् को भूमिकाबारे प्रष्ट पार्नुभयो । ऋक्ष्क्त् ऋयििभनभ, बानेश्वर का एसोसिएट प्रोफेसर डा. अमित श्रेष्ठले न्प्क् का अवसर, आवेदन प्रक्रिया तथा लाभहरूबारे विस्तृत रूपमा जानकारी दिनुभएको थियो । कार्यक्रममा प्इक्ष्ऋब् ब्गिmलष् ब्ककयअष्बतष्यल या ल्भउब ि(प्ब्ब्ल्) का अध्यक्ष तथा  खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज गौतम र   ीबचपष्ल ग्लष्खभचकष्तथ, ग्क्ब् का ब्ककष्कतबलत प्रोफेसर डा. तारामान कडायतले सेसनहरुको संचालन गर्नुभएको थियो । उक्त अवसरमा ब्क्ष् सम्बन्धी नीति, शैक्षिक उपयोग, विभिन्न क्षेत्रहरूमा यसको प्रभाव, नैतिक पक्षहरू, प्रम्प्ट इन्जिनियरिङ तथा अन्य बहुउपयोगी विषयहरूमा छलफल भएको थियो । न्प्क् एलुम्नाइ नेपालका अध्यक्ष डा. रामकान्त लामिछानेले समापन मन्तव्य तथा धन्यवाद ज्ञापन गर्दै ब्क्ष् को नैतिक प्रयोग अत्यावश्यक रहेको कुरा उल्लेख गर्नुभयो । उहाले  उचित नैतिक मूल्य र मानव कल्याणका सिद्धान्तहरू बिना ब्क्ष् ले मानवजातिलाई हानी पु¥याउन सक्ने चेतावनी पनि दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्