चौथो काभ्रे किड्स ओलम्पिक विभिन्न खेलकुद तथा सिर्जनात्मक गतिविधिहरु गर्दै सम्पन्न भएको छ । राइजिङ स्टार अर्लि चाइल्डहुड डेभलपमेन्टद्वारा आयोजित कार्यक्रम पनौती स्थित मल्पी इन्टरनेशनल स्कुलमा भएको थियो । प्रतियोगितामा १३ विद्यालयका ४ सय ९९ जना विद्यार्थीको सहभागीता रहेको थियो । विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । बालबालिकाको शारिरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक टिमको अनिता प्रजापतिले बताउनुभयो ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यता रहेको थियो । सहभागी सम्पूर्ण विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र र सम्पूर्ण विद्यालयलाई ट्रफी वितरण गरिएको थियो । प्रमुख अतिथी मानन्धरले बालकालिकाको सृजना प्रतिभा प्रस्फुटन हुनुका साथै सर्वाङ्गिण विकासको लागि यस्तो प्रतियोगिता उपलब्धी मुलक हुने बताउनुभयो । कार्यक्रममा अध्यक्ष जुनु मानन्धरले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन सविना काररञ्जित र अनिता प्रजापतिले गर्नुभएको थियो ।
