IMG-LOGO

उग्रचण्डी भगवती नालामा दारु पुजा

 मंगल, पौष १, २०८२  – सविना खड्का, प्राशक्षाथी पत्रकार

     नाला उग्रचण्डी भगवती देवानन्द सत्तल नाला उग्रचण्डी माताको मन्दिर, लायकु, द्योछेँ, भीमसेन स्थान आदि स्थानहरूमा बर्षभरी गरिने पूजा, अनुष्ठान पर्वहरुको वार्षिक कार्यक्रम “दारु पूजा” समारोह नाला उग्रचण्डी भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष सिध्दिबहादुर कर्माचार्यको सभापतित्वमा संचालन भएको समारोहको उद्घाटन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले उद्घाटन गर्नुभयो । राष्ट्रको कर्माचार्य समाज, काभ्रे छोरी बुहारी संघका सदस्य रजनी कर्माचार्यले संचालन गर्नु भएको थियो । कार्यक्रममा कर्माचार्य समाज काभ्रे शाखाका सदस्य रामेश्वर कर्माचार्यले स्वागत मन्तब्य गर्नुहँदै नालामा पुनः निर्माण भइरहेको भगवतीको मन्दिरको नालीबेली चर्चा गर्नु भएको थियो । नाला उग्रचण्डी भगवती गुठी ब्यवस्थापन समितिका सचिव सुनिल कर्माचार्यले दारु पूजाको शाब्दिक अर्थ, बर्षभरी गरिएका गतिविधिहरु फेहरिस्त, आर्थिक गतिविधि विवरण समेत प्रस्तुत गर्नु भएको थियो ।

     समारोहमा शुभकामना मन्तब्य ब्यक्त गर्ने क्रममा उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ, चामुण्डा मन्दिर संरक्षण तथा धार्मिक पर्यटन समितिका अध्यक्ष उदय केसीले समितिले गरिरहेको गतिविधिहरु बारे चर्चा गर्नु भएको थियो ।  बनेपा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले नालामा भगवती मन्दिर निर्माण सम्बन्धमा स्थानीय वडा कार्यालयको तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी दिनुभयो । बनेपा नगरपालिकाले यस्तै पूजा पर्व संचालनको लागि नाला उग्रचण्डी भगवती गुठी ब्यवस्थापन समितिलाई रु एक लाख आर्थिक सहयोग ÷ अनुदान उपलब्ध गराएको जानकारी दिनुभयो ।

     समारोहबीच कार्यतालिका अनुसार उग्रचण्डी माताको मन्दिर, लायकु, द्योछेँ, भीमसेन स्थान आदि स्थानहरूमा बर्षभरी गरिने पूजा, अनुष्ठान पर्वहरुसुसम्पन्न गर्न विभिन्न क्षेत्र पक्षबाट सहयोग गर्ने श्री गुठी संस्थान केन्द्रीय कार्यालय, पुरातत्व बिभाग, जिल्ला प्रशासन कार्यालय, काभ्रे, सुरेन्द्र अमात्य, इन्द्रबहादुर श्रेष्ठ, रामेश्वर सापकोटा, घ्वाङ देउला र गणेश लाल देउला आठ जनालाई उग्रचण्डी भगवती गुठी ब्यवस्थापन समितिका कोषाध्यक्ष कृष्णगोपाल कर्माचार्यले माला पहिर्याई, अध्यक्ष सिध्दिबहदुर कर्माले दोसल्ला ओढाई र प्रमुख अतिथि काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

     सम्मानित संस्थाहरु÷ ब्यक्तित्वहरुका तर्फबाट पुरातत्व बिभाग भक्तपुर संग्रहालय प्रमुख जयन्ती श्रेष्ठले पुरातत्त्व किभागले नाला भगवती मन्दिर निर्माणका लागि गर्नु भएको भूमिकाहरका बारेमा चर्चा गर्नु भयो । पुरातत्व बिभाग भक्तपुर संग्रहालयका इन्जिनियर नाला भगवती मन्दिर निर्माणका फोकल ब्यक्तित्व यमुना महर्जनले नाला भगवती मन्दिर निर्माणका बारेमा ऐतिहासिक चरणबद्ध जानकारी दिनु भएर श्रोताहरलाई ध्यान मग्न गराउनु भएको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले मन्दिर निर्माणका लागि भएको गतिविधिहरुको चर्चा गर्नु हुँदै यथाशीघ्र मन्दिर निर्माण कार्य सम्पन्न गर्न बैकल्पिक आर्थिक श्रोत संकलन गरेर भएर पनि अबिलम्ब ब्यवस्थापन गर्नु पर्नेमा जोेड दिनु भएको थियो । संस्कृत बिद सिर्जना दुवालले नालाको बिषयमा अनुसन्धान गर्नु भएर नाला भगवतीको मन्दिर निर्माण के कसरी भयो ताम्र पत्र शिला लेखहरमा उल्लेखित ऐतिहासिक तथ्यहरु, यत्र तत्र छरिएका सम्पदाहरुको बारेमा चर्चा गर्नुभयो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्