प्रधानमन्त्री सुशीला कार्कीले नयाँ राजनीतिक परिस्थितिले गर्दा आफू प्रधानमन्त्री बनेकोले राष्ट्रिय आकांक्षा पूरा गर्न लागिपरेको बताउनुभएको छ । काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै कुलपति समेत रहनु भएकी प्रधानमन्त्री कार्कीले विश्वभर उच्च शिक्षामा आर्टिफिसियल इन्टेलिजेन्स, भर्चुअल रियालिटी, बसाइसराइको प्रवृत्ति र वैश्विक भूराजनीतिक परिवर्तनका कारण अभूतपूर्व रूपान्तरण आइरहेको धारणा राख्नुभयो । उच्च शिक्षाको गैर–राजनीतिकरण अहिलेको टड्कारो आवश्यकता भएको बताउँदै उहाँले विश्वविद्यालयहरूमा सुधारको वातावरण बनाउन प्रधानमन्त्रीकै रूपमा कुलपति रहने व्यवस्थालाई परिमार्जन गर्न पहल भइरहेको जानकारी दिनुभयो । शिक्षा, बिज्ञान तथा प्रबिधिमन्त्रि महाबिर पुन, नयाँदिल्लीस्थित जवाहरलाल–नेहरु विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डित, सिनेट सदस्य, शिक्षाबिद्, विद्यार्थी एवं अभिभावकहरुको उपस्थिति रहेको
काठमाडौं विश्व विद्यालयको पहिलो चरणको दिक्षान्त समारोहमा २ हजार २सय ९ जना विद्यार्थीहरु दीक्षित भएका छन् । तीमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी पनि समावेश छन् । स्कुल अफ आट्र्सका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इञ्जिनियरिङका ३४०, स्कुल अफ ल का ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी कुल २,२०९ विद्यार्थी दीक्षित भएका हुन् । दीक्षितमध्ये विद्यावारिधी, डिएम र एमसिएच तहका ७, स्नातकोत्तरका ३९७, पिजिडीका ५० र स्नातक तहका १,७२८ विद्यार्थी छन् । अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलंका, स्वीडेन, अमेरिका र भियतनामका गरी १९६ विदेशी विद्यार्थी पनि दीक्षित भएको केयुका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले जानकारी दिनुभयो ।
