IMG-LOGO

धुलिखेल–खावा अरनिको राजमार्ग सडक खण्ड निर्माण कार्य प्रारम्भ

 मंगल, पौष १, २०८२  – रमेशप्रसाद न्यौपाने

     धुलिखेल–खावा अरनिको राजमार्ग अन्तरगत पर्ने ४ किलोमिटर सडक खण्ड ए वान काली जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए सँगै निर्माण कार्य प्रारम्भ भएको छ । ४० करोड लागत स्टमेट भएको उक्त सडक खण्ड ३६ करोड ८ लाख ४१ हजार २ सय ५८ भ्याट सहित सडक निर्माणका सडक डिभिजन कार्यालय भक्तपुरले ए वान काली जेभी क वर्गको निर्माण कम्पनी सँग सम्झौता गरेको हो । यस अघिको निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवाले निर्धारित समयमा कार्य नसकेपछि अर्को ठेक्का आह्वान गरी १४ महिना भित्र कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको कुरा सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताउनुभयो । ठेक्का सम्झौता अनुसार २०८३ मंसिर मसान्त भित्र ड्रेनवाल निर्माण, काँल्लो कटीङ र सडक कालोपत्रे गर्ने कार्य सम्पन्न गरी सडक निर्माण गरिसक्नु पर्ने कुरा डिभिजन प्रमुख योगेशले जनाउनुभयो । २०८२ कार्तिक २६ गते ठेक्का सम्झौता भएको उक्त सडक खण्ड गत सातादेखि निर्माण कार्यमा तिब्रता दिएको छ । ए वान काली जेभीका सञ्चालक भक्त लामाले प्राविधिक, दक्ष, अर्ध दक्ष मजदुर गरी ८० जनाले निर्माण कार्य थालनी गरेको उल्येख गर्नुभयो । फागुणको अन्तिम हप्ताबाट सडक कालोपत्रेको कार्य प्रारम्भगर्ने, चैत्र मसान्त भित्र सम्पन्न गरी सडक डिभिजन भक्तपुरलाई हस्तान्तरण गर्ने जनाउनुभयो । सडक पिच ६ सेमी बिबिएम र ४ सेमी बाक्लो अस्फाल सडक कालोपत्र गरिने कुरा निर्माण कम्पनीका सञ्चालक लामाले भन्नुभयो । सिमेन्ट गिटी बालुवा मिक्स गरी ग्राभेल माथि २० सेन्टीमिटर बाक्लो गरी बेस निर्माण सहित त्यसपछि ४ सेन्टीमिटर अस्फाल सेन्टीमिटरको पिच गरिने सञ्चालक लामाले जनाउनुभयो । गौरी पार्वती निर्माण सेवा प्रा.लि.ले २०७९ जेठ २० गते २० करोड १९ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेर २०८० चैत्र १९ गते सम्म कार्य सम्पन्न गर्नुपर्नेमा ११ महिना सम्म म्याद थप्दा समेत २५ प्रतिशत काम नसक्दा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले अन्सन बस्नुभएको थियो । म्याद थप्दा समेत कार्य सम्पन्न नगरेकाले सडक विभागले ठेक्का रद्ध गरेको थियो । ठेक्का रद्ध भएपछि गौरी पार्वती निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा खारेज भएसँगै भक्तपुर सडक डिभिजनले नयाँ ठेक्का चालु आर्थिक वर्षको प्रारम्भमै नयाँ ठेक्का आह्वान गरेको थियो । बिबिएम र अस्फाल गरी चरणगतरुपमा सडक कालो पत्रे गरीने सडक डिभिजन भक्तपुरले जनाएको छ । भक्तपुर सडक डिभिजनको इन्जीनियर सिताराम बुदाथोकीका अनुसार धुलिखेल खावा सडक खण्ड ४ किमी सडक ११ मिटर चौडाइ ६ सेमी बिबिएम र ४ सेमी अस्फाल पिच गरेने बताउनुभयो । भक्तपुर सडक डिभिजन प्रमुख सुमन योगेशले २०८३ मंसिर सम्ममा सबै काम सक्ने गरी निर्माण कार्य अघिबढेको जनाउनुभयो । २०८२ चैत्र सम्ममा सडक पिचको कार्य सक्ने, काँल्लो कटिङ गरेको भाग पहिरो गएर जोखिम रहेको जिल्ला प्रशासन कार्यालय काभ्रे र धुलिखेल क्याम्पस परिसर मुनी आवश्यकता अनुसार ५ देखि ६ मिटर वाल लगाउने, बायो इन्जीनियरिङ गरी कार्ययोजना सहित निर्माण  कार्यलाई सम्पन्न गरिने डिभिन प्रमुख योगेशले बताउनुभयो । १० वर्ष देखि आप्mनै निर्माण कम्पनी सञ्चालन गर्दै आएको ए वान काली जेभीले विपी राजमार्ग ४ सय बेसी देखि डलाबेसी सम्मको ८ किमी १÷२ सडकको डेढ अर्बको ठेक्काको काम समेत गर्दै आएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्