IMG-LOGO

ताम्राकार ब्रम्हायणी गुठीको सम्मान कार्यक्रम

 मंगल, पौष १, २०८२  – सन्ध्या खत्री, प्रशिक्षार्थी पत्रकार

    पनौती । गत शुक्रबार मंसीर २६ गते ताम्राकार ब्रम्हायणी गुठी अन्तर्गतको ताम्राकार ब्रह्मायणी शैक्षिक तथा सम्मान उप–समितिबाट आयोजना हुने दशौं एसईई तथा दश जोड दुई सम्मान कार्यक्रममा गत शैक्षिक वर्षमा दश जोड दुई (एवं प्रमाणपत्र तह) उत्तिर्ण गरेका विद्यार्थीहरु स्वर्णिम ताम्राकार, रेशब ताम्राकार, प्रशान्त ताम्राकार, निरन ताम्राकार र रुजल ताम्राकारलाई सम्मानपत्र र मायाको चिनो सहित सम्मानित गरियो । ती मध्ये दश जोड दुईका सर्वोत्कृष्ट विद्यार्थी स्वर्णिम ताम्राकारलाई प्रयाग राज ताम्राकारको सहयोगमा नगद रकम सहित स्व. रामबहादुर ताम्राकार स्मृति पुरस्कार पनि प्रदान गरियो । गत शैक्षिक वर्षमा एसईई उत्तिर्ण गर्ने कुनै पनि विद्यार्थी थिएन । त्यसैगरी ताम्राकार ब्रम्हायणी गुठी अन्तर्गतको ताम्राकार ब्रम्हायणी शैक्षिक तथा सम्मान उप–समितिको सहकार्यमा स्व. रुपराज ताम्राकारको स्मृतिमा स्थापित ‘मरणोपरान्त अग्रज सम्मान’ स्व. नातीकाजी ताम्राकारका लागि उहाँका जेठा छोरा लक्ष्मी नारायण ताम्राकारलाई नगद रकम, दोसल्ला एवं प्रशंसापत्र सहित सम्मानित गरियो । उक्त कार्यक्रममा प्रा.डा. सुमन राज ताम्राकारले स्वागत भाषण एवं कार्यक्रम माथि प्रकाश पार्नुभयो भने गुठीका नायो विश्वनाथ ताम्राकार, पनौती वडा नं ७ का वडा अध्यक्ष सबिन ताम्राकार र शैक्षिक तथा सम्मान उप–समितिका संयोजकले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । श्रीराम मावि खोपासीका प्राचार्य उत्तम कृष्ण ताम्राकारले संचालन गर्नुभएको उक्त कार्यक्रममा गायक सन्तोष ताम्राकारले आफ्नो सांगीतिक प्रस्तुती दिनुभयो भने पुण्य माध्यमिक विद्यालय, पनौतीमा हालै नियुक्त हुनुभएका प्रताप ताम्राकारलाई पनि सम्मानित गरिएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्