काभ्रे मावि बनेपाले शुक्रबार फुड फेष्टिवल कार्यक्रम सम्पन्न गरेको छ । नेवारी परिकार योमारी बनाउने, पानी पुरी, नेवारी खाजा, मःमः, चटपटे, मासुका परिकार बनाएर आप्mनै साथी र गुरु वर्गलाई समेत विक्रि गरेका थिए । उनीहरुले ५२ थरीका खानेकुरा बनाएर विक्रि गरे । फुड फेष्टिवल नामाकरण गरिएको उक्त कार्यक्रमले विद्यार्थीमा श्रम गर्न प्रेरित गरेको कुरा विद्यालयका प्रिन्सिपल कुमार मानन्धरले बताउनुभयो ।
सहायक प्रिन्सिपल केशव श्रेष्ठले विद्यार्थीहरुलाई पढ्ने र पढाउने मात्रै नभएर नयाँ विषयबस्तु परम्परागत शैली, धर्म संस्कृति संस्कार सिकाउन उक्त फुड फेष्टिवलले मद्दत गर्ने बताउनुभयो । कार्यक्रममा विद्यालय संचालक अध्यक्ष जगन्नाथ अवा, सञ्चालक समिति र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
