श्री चण्डेश्वरी डिप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम बार्षिक साधारण सभा कार्यक्रम शनिबार सम्पन्न भएको छ । प्रमुख अतिथि बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले सभाको उद्घाटन गर्दै खानेपानी श्रोतको पहिचान, संरक्षण र विस्तार गरी नगरबासिहरुलाई गुणस्तरीय खानेपानी वितरण गर्ने प्रयत्न जारी रहेको बताउनुभयो । उपभोक्ता भेला समेत आयोजना गरिएको उक्त कार्यक्रममा उपभोक्ता समितिका सचीव अरुण कर्माचार्यले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मन्जु कोईरालाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । १ सय ५८ वटा धारा बितरण गरिएको समितिका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिदै आगामी बर्ष डिपबोरिङको क्षमता विस्तार गरी थप धारा बितरण गर्न सकिने जानकारी दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिका ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी, पतञ्जली योग समिति वागमती प्रदेश संयोजक ग्रुुबेन तौजले, सल्लाहकार रविन शाक्य, चण्डेश्वरी खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु वडा सदस्यहरू समिता थापा, कृष्ण गोपाल बैध लगायत उपभोक्ता हरुको सहभागिता रहेको थियो । धर्मभत्त श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा सदस्य मिनु रन्जितले स्वागत मन्तब्य राख्नुभएको थियो ।
