IMG-LOGO

राष्ट्रिय सहकारी नियमन प्रधिकरण दर्ता सम्बन्धी अभिमुखीकरण

 मंगल, पौष १, २०८२  --

     जिल्ला बचत संघ काभ्रेको आयोजनामा बिहीबार सदस्य संस्थाका व्यवस्थापन प्रमुखहरुलाई लक्षित गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखिकरण प्रक्रिया सम्बन्धी एक दिवशीय अभिमुखीकरण कार्यक्रम संघको सभाहलमा सम्पन्न भयो ।

     अभिमुखिकरणमा संघका सहायक कार्यकारी अधिकृत रबि कुमार के.सी.ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले समय समयमा जारी गरेको निर्देशनहरुले सहकारीमा पार्ने प्रभाव र चुनौतीको बारेमा प्रभावशालि ढङ्गबाट प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको संचालन संघका बरिष्ठ सहायक सुन्दिरा प्रधानले गर्नुभएको थियो भने राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अनलाइनबाट दर्ता गर्ने प्रक्रियाको बारेमा संघका प्रमुख कार्यकारी अधिकृत गुरु प्रसाद ढकालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा ४५ जनाको सहभागीता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्