बनेपा नगरपालिकाले पूण्यमाता करिडोर र खोला व्यवस्थापन सम्बन्धि सरोकारवालाहरुसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । पूण्यमाता करिडोर सडक निर्माण सम्बन्धमा संघीय शहरी विकास तथा भवन निर्माण कार्यलयले पठाएको पत्र अनुसार नगरपालिकाले राय सुझाव संकलन गरेको हो । करिडोर सडकमा रहेको जग्गा धनीहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा २०८२ ÷ ० २ र÷२० मा परामादेश युक्त आदेश जारी भएको थियो । परामादेशमा भनिएको छ । ‘निर्वदक जग्गाधनीहरुको हकभोग र स्वामित्वमा पर्नेगरी सडक विस्तार एवं स्तरोन्नतीका कार्य गर्दा निवेदकहरु को घरजग्गा र तहराहरुको क्षतिपूर्ति तथा मुअब्जा प्रदान गरेर मात्र पूण्यमाता करिडोर सडक विस्तार तथा स्तरोन्नति गर्नु गराउनु ।’ छलफल कार्यक्रममा बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले अदालतले जारी गरेको परामादेश अनुशार मूअब्जा दिएरै सडक बनाउन नगर पालिकासँग बजेट नभएको स्पष्ट पार्नु भयो । नगर उप–प्रमूख विमला सापकोटाले वर्जर व्यवस्थापन गरी यथाशक्य कार्य गर्न संघीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यक रहेको धारणा राख्नु भएकोमा बनेपा नगरपालिकाका प्रशासकीय अधिकारी ।।।।। राजनैतिक दलका प्रतिनिर्धी एवं जग्गा धनीहरुको उपस्थिती रहेको थियो ।
