जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा मिति २०८२ मंसिर २४ गते “सहकारी क्षेत्रमा अर्टिफिसियल इन्टेलिजेन्टको प्रयोग” विषयक एकदिवसीय तालिम संघको सभाहलमा सम्पन्न भयो । यस तालिम कार्यक्रममा संघका शिक्षा तथा तालिम ब्यवस्थापन उपसमिति संयोजक शान्ती लामा तामाङको सभापतित्व एवं संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भयो । सहजकर्ताको भूमिकामा प्रविधिमा विज्ञता प्राप्त सन्दिपराज भाट रहनुभएको थियो । ब्क्ष् प्रविधिको प्रयोगबाट सहकारी संस्थाहरूमा सुशासन, सेवा प्रवाह, वित्तीय व्यवस्थापन तथा सदस्य–संवाद प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित तालिममा संघका संचालक समिति र लेखा सुपरिवेक्षण समितिको उपस्थिती तथा काभ्रे जिल्लाका विभिन्न सहकारी संस्थाबाट ३२ जनाको सक्रिय सहभागितामा सम्पन्न भयो । कार्यक्रम संचालन संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले गर्नुभएको थियो ।
तालिममा सहकारीहरूको दैनिकी कार्यमा एआई प्रविधि कसरी प्रयोग गर्न सकिन्छ, जोखिम व्यवस्थापन तथा निर्णय प्रक्रियालाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । एआई आधारित डेटा विश्लेषण, लेखा व्यवस्थापन, सदस्य सेवा स्वचालन, सूचना प्रवाह तथा कागजी कार्यलाई डिजिटल रूपान्तरण गर्ने उपायहरूबारे यस विषयका प्राविधिक विज्ञ सन्दिपराज भाटले सहभागीहरूलाई प्रयोगात्मक रुपमा सहजिकरण गर्नु भएको थियो ।
जिल्ला सहकारी संघ लि.का अध्यक्ष अमन पोटे श्रेष्ठले सुभकामना मन्तब्य राख्दै सहकारी क्षेत्रलाई प्रविधिसँग जोडेर दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन यस्तो तालिम अत्यन्तै आवश्यक रहेको बताएका थिए भने सचिव प्रकाश बञ्जाराले सबै सहभागीहरुलाई स्वागत मन्तब्य राख्नु हुदै प्रविधिको सकरात्मक र नकरात्मक पक्ष हुने हुदा तालिमबाट प्राप्त ज्ञान र सिपलाई सहि प्रयोग गर्नुपर्ने धारण राख्नु भयो । त्यसै गरि कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाले आजको ए.आई सम्वन्धि तालिम सहकारी ब्यवस्थापनमा कर्मचारीहरुको लागी फलदायि सावित गर्न सिकेका कुराहरु आआफ्नो संस्थामा सहि तरिकाले प्रयोगमा ल्याउनुपर्ने बताउनु भयो । संघका उपाध्यक्ष एवं शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिका संयोजक शान्ती लामा तामाङले कार्यक्रमको समापन गर्नुहुदै सहकारीहरूलाई आधुनिक प्रविधिको प्रभावकारी उपयोग मार्फत सदस्यलाई अझ उत्कृष्ट सेवासुविधा प्रदान गर्न संघ निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले नयाँ प्रविधिको ज्ञानको प्रयोगबाट सहकारी क्षेत्रको सकारात्मक विकासमा सहयोग पुग्ने बताउनुभयो ।
