IMG-LOGO

रेयुकाई आँखा अस्पताल ढल्केबरलाई बस हस्तान्तरण

 मंगल, पौष १, २०८२  --

     बनेपा । धनुषामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केबर शाखाका लागि बिरामी बोक्न बस सहयोग प्राप्त भएको छ । अमेरिकाको जुले इन्टरमेड इन्टरनेशनल संस्थाले अस्पताललाई बस प्रदान गरेको हो । बनेपामा शुक्रबार आयोजित एक कार्यक्रममा डुले इन्टरमेड इन्टरनेशनल संस्थाका अध्यक्ष स्कट ह्यामिल्टनले अस्पतालका अध्यक्ष मधु आचार्यलाई बस हस्तान्तरण गर्नुभएको हो ।

     आफूले ढल्केबर शाखाको स्थलगत भ्रमण गरी आँखा उपचार गर्न आउन र जाने बिरामीका लागि उक्त बस हस्तान्तरण गरिएको स्कट ह्यामिल्टनले बताउनुभयो । नेपाल आफ्नो दोस्रो घर भएकाले आफूले सकेको सहयोग गर्ने उहाँको भनाइ थियो । अस्पतालका अध्यक्ष मधु आचार्यले सबैको सहयोगमा अस्पतालमा सेवा सहज भएको बताउँदै आम नागरिकले उपचार सेवा सहज र गुणस्तरिय तथा सरलरुपमा पाउन् भन्ने नै अस्पतालको प्रमुख उद्देश्य रहेको बताउँदै आँखा अस्पतालले शहरी क्षेत्रदेखि ग्रामिण दुरदराजका आँखा रोगीहरुको उपचार सरल र सहज दङ्गबाट गरेको उल्येख गर्नुभयो । कार्यक्रमको सञ्चालन अस्पतालका प्रमुख हिरामणी शर्माले गनुभएको थियो ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्