IMG-LOGO

शाक्य, ज्ञावाली र बडालको स्वैच्छिक अवकाश

 मंगल, पौष १, २०८२  --

     नेकपा एमालेको महाधिवेशनमा नेतृत्वको रस्साकस्सी चलिरहेका बेला तीन जना शीर्ष नेताले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् । उनीहरूले पार्टी सदस्यता भने कायम राख्ने स्पष्ट गरेका छन् । सक्रिय राजनीतिबाट अवकाश लिने नेताहरूमा उपाध्यक्षद्वय युवाराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा पार्टीको अनुशासन आयोगका अध्यक्ष केशव बडाल रहेका छन् ।

     उनीहरूले अब पार्टीका कुनै पनि पदमा उम्मेदवारी नदिने निर्णय गरेका हुन् । नेकपा एमालेको ११औँ महाधिवेशनका क्रममा नेतृत्वका लागि वरिष्ठ नेताहरूबीच प्रतिस्पर्धा तीव्र भइरहेका बेला तीन नेताले स्वेच्छिक रूपमा अवकाश लिने निर्णय गरेका हुन्, जसलाई उदाहरणीय कदमका रूपमा हेरिएको छ ।

     एमालेको जारी महाधिवेशनको बन्दसत्रमा उनीहरूले सक्रिय नेतृत्वबाट बिदा लिए पनि पार्टीप्रति प्रतिबद्ध रहँदै आफ्नो अनुभव र सल्लाहमार्फत योगदान जारी राख्ने बताएका छन् । सात दशक पार गरेका नेताहरूबीच नेतृत्वका लागि होड चलिरहेका बेला उनीहरूको यो निर्णयले पार्टीभित्र नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई थप बल दिएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्