IMG-LOGO

श्रम र सिपको उपयोगले मात्र देश बन्छ श्रम संस्कृति अध्यक्ष ः साम्पाङ

 मंगल, पौष १, २०८२  --

 

     श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले देश बनाउन श्रम र सिपको सहि प्रयोग गरे मात्र बन्ने धारणा राख्नुभयो । जिल्ला समिति काभ्रेले गत मंगलबार अरनिको पार्टी प्यालेसमा आयोजना गरेको भेलालाई  सम्बोधन गर्दै पार्टी अध्यक्ष साम्पाङले देश निर्माण गर्न विदेशीको गुलामी बन्ने, विदेशी दलाल गरेर आप्mनो राष्ट्रलाई विध्वंश गर्ने नेपाली हुन नसक्ने उल्येख गर्नुभयो । दिन भरी अरुलाई गाली गर्ने र भाषण गरेर भ्रम छरेर मात्र मुलुक नबन्ने तर्क पार्टी अध्यक्ष साम्पाङले गर्नुभयो । ठूला भनिएका कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टीहरुले सत्ताको चरम दुरुपयोग गरी कुशासन, भस्टाचार मौलाउँदा देशमा यो हबिगत भएको भनाइ पार्टी अध्यक्ष साम्पाङले राख्नुभयो । अब जनताले श्रमशक्ती पार्टीलाई चुनावमा जिताएर देश बनाउने जिम्मा दिनुहोस हामी ५ वर्षमा देशलाई आत्म निर्भर बनाई जनतालाई सुखी र खुसी बनाउने उद्घोष गर्नुभयो । केन्द्रीय सदस्य हिरामान वलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी उपाध्यक्ष देवराज लामा, महासचिव आ¥र्यान राई, बागमती प्रदेश इन्चार्ज जनजीत तामाङ, प्रवक्ता सत्य गुरुङ, केन्द्रीय सदस्यहरु शान्ति पाख्रीन केसी, अनुछिन कवाडी, छोटे पठान, मधेश प्रदेश संयोजक दिपक जंगठाकुर लगायतको अतिथ्यता रहेको थियो । केन्द्रीय सदस्य काभ्रे चौरी देउरालीका डुक्मा दोर्जेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्