IMG-LOGO

उज्यालो नेपाल पार्टी काभ्रेको संयोजकमा क्षितिज

 मंगल, पौष १, २०८२  --

     उर्जा, जलश्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी बिकास मन्त्री कुल्मान घिसिङले जेन–जी जनविद्रोहले स्थापित गरेको सरकार प्रति नागरिकहरुको ठूलो भरोसा रहेको बताउनुभएको छ । उज्यालो नेपाल पार्टिका अध्यक्ष समेत रहनुभएका मन्त्री घिसिङले जेन–जी आन्दोलनको क्रममा सहभागी र हेर्न गएका तथा तत्कालिन सरकारको विरोधमा पोष्ट गरेका मानिसहरुलाई गिरप्mतारी गर्ने झुटा मुद्दा लगाएर हिरासतमा थुन्ने एवं अन्य काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो । उज्यालो नेपाल पार्टीको काभ्रे भेलालाई सोमबार बनेपामा सम्बोधन गर्दै मन्त्रि घिसिङले आगामी निर्वाचन पछि आप्mनै पार्टीको सरकार बन्ने दावि गर्नुभयो । यसैबिच हिजो सम्पन्न उज्यालो नेपाल पार्टी काभ्रेको भेलाले क्षितिज लामाको संयोजकत्वमा कमिटि चयन गरेको छ । भेलाले विनोद तामाङ नमोबुद्ध, आसमान तामाङ पाँचखाल, सुनिता दोङ तेमाल, प्रमेश लामा पाँचखाल, सञ्जय तामाङ पाँचखाल, भुवनबहादुुर थापा बनेपा, टेकबहादुर रायमाझी तेमाल, सफल तामाङ पनौती, विनोद तामाङ नमोबुद्ध, रवि घिसिङ रोशी, सुरज दाहाल बनेपा, युवराज खरेल पाँचखाल, गंगा रायमाझी श्रेष्ठ बनेपा, आवास तिमल्सिना बनेपा, दिवस बजगाई र बुद्धिमान तामाङ लाई जिल्ला सदस्यमा चयन गरेको छ । त्यस्तै भेलाले युवाहरुको संयोजकमा निशान्त रत्न बस्ताकोटी चयन गरेको छ भने सह संयोजकमा अविरल लामा रोशी छनौट भएका छन् । भेलाले धुलिखेल नगरमा जीवनकाजी माकजुलाई नगर अध्यक्ष चयन गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्