बनेपा, प्रगति प्रभात एकेडेमी सेकेण्डरी स्कुलले प्रगति सांस्कृतिक महत्सव शुक्रबार सम्पन्न गरेको छ । मनोरञ्जन, सास्कृतिक, संरक्षण, प्रतिभाको उजगार, विद्यार्थीहरुको शारीरिक तथा मानसिक विकासको लागि सांस्कृतिक महोत्सव गरिएको विद्यालयका प्रिन्सिपल चन्द्रप्रसाद ताजपुरीयाले बताउनुभयो । नर्सरी कक्षा देखि १० कक्षा सम्मका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रममा नृत्य, गायन र नाटक मन्चन गरेका थिए । लोक गायक मच्छेश्वर सापकोटाको प्रमुख आतिथ्यता र प्याब्सनका केन्द्रीय उप–महासचिव भिमसेन केसी विसिष्ट अतिथि हुनुहुन्थ्यो । नृत्य तथा गायन शिक्षकत्रय सुरेन्द्र कुमार श्रेष्ठ, रबिन्सन श्रेष्ठ र सुजन लामाले प्रशिक्षण दिनुभएको थियो । नाट्य शिक्षक रुपेश गौतमले विद्यार्थीहरुलाई नाटकबाट सन्देश पैmलाउन प्रशिक्षण दिनुभएको थियो ।
