IMG-LOGO

सहकारीका वर्तमान सवाल चुनौतीका बारेमा बहस पैरवी

 मंगल, मंसिर २४, २०८२  --

 

     जिल्ला बचत संघ, काभ्रेको आयोजनामा सहकारीका वर्तमान सवाल, चुनौती र संघको भुमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम संघका अध्यक्ष उदयराम कास्थको सभापतित्वमा सम्पन्न । संघका उपाध्यक्ष  निर्मला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रमको संचालन सचिव सुरेन्द्र पौडेलले गर्नु भएको थियो । संघका प्रमुख कार्यकारी अधिकृत गुरु  ढकालले विषय बस्तुको सवाल र औचित्यको बारेमा प्रष्ट पार्नु भयो । सहायक प्रमुख कार्यकारी अधिकृत रबि केसीले सहजीकरण गर्नुभएको थियोे । कार्यक्रममा जिल्ला बचत संघमा आबद्ध रहेका प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । २ सय ३९ आवद्ध सहकारी संस्था मध्ये गत वर्ष १ सय ३३ ले नवीकरण  भएका थिए ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्