IMG-LOGO

हाउ टु विकम द बेस्ट एम्बासेडर लोकार्पित

 मंगल, मंसिर २४, २०८२  --

 

     डा. गोपाल पौड्याल ’मण्डने’द्वारा लिखित ज्यध तय दभअयmभ तजभ दभकत बmदबककबमयच ? पुस्तक्को लोकार्पण एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार प्राः तुलसीप्रसाद भट्टराई लगायत अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा गरेका छन । सो कार्यक्रममा प्रमुख अतिथि डा भट्टराईले डा गोपाल पौड्यालको पुस्तक नयाँ धारको र पठनीय रहेको बिचार पोखे । त्यस्तै साहित्यकार तथा अनुसन्धानकर्ता नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेम सिंह बस्न्यातले डा. गोपाल पौड्यालको ब्यक्तित्व तथा लेखकिय खुबिको बारेमा प्रकाश पारे । साहित्यकार सूर्यप्रसाद लाकोजूले सिर्जना कर्म पवित्र कर्म भएको बिचार व्यक्त गरे । त्यसैगरि बेलायत स्थित नेपाली साहित्य बिकास परिषद युकेको सस्थापक तथा साहित्यकार श्री सुरेश जङ शाहले डा. गोपाल पौड्यालको साहित्य र समाजसेवा प्रतिको लगाव बारे चर्चा गर्दै पुस्तकले समस्त राजदूतहरुलाई परिश्कृत गर्न मद्दद पुग्ने बिश्वास लिएको कुरा बताए । उक्त अबसरमा प्रमुख बक्ताका रुपमा काठमाडौ बिश्वबिध्यालयका डिन, साहित्यकार तथा लेखक प्रा डा. उद्धब प्याकुरेलले ज्यध तय दभअयmभ तजभ दभकत बmदबककबमयच पुस्तकको सन्क्षिप्त परिचय तथा यस्ले नेपाली डिप्लोमेसिमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रममा लेखकको तर्फबाट डा. गोपाल पौड्याल ’मण्डने’ ले म कवि भएर किन यो पुस्तक लेखे भन्ने कुराको ब्याख्या गर्दै पुस्तकमा भएका सबै च्याप्टरहरुको बारेमा सन्क्षिप्त ब्याख्या गरेका थिए । कार्यक्रममा साहित्यकार नरनाथ लुइँटेल, भीमप्रसाद काफ्ले, कलानिधि दाहाल लगायतका विशिष्ट अतिथीहरूले लेखक पौड्याललाई हाउ टु बिकम एम्बासेडरका लागि शुभकामना दिए ।

          उमाकान्त पौडेल स्मृति प्रतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा संस्थाका सचिब श्री राम प्रसाद पौडेलले स्वागत गरेका थिए भने उमाकान्त पौडेल प्रतिष्ठानका अध्यक्ष श्री कश्यप पौड्यालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्