IMG-LOGO

भकुण्डेमा योग शिविर सम्पन्न

 मंगल, मंसिर २४, २०८२  --

 

     पतंजली योग समिति काभ्रे, महिला समिति काभ्रे, युवा नेपाल काभ्रे र पतंजली योग समिति नवबुद्ध नगर समितिको आयोजनामा तथा नवबुद्ध नगरपालिका र जनक माध्यमिक विद्यालय एवं ग्रामीण पाठसालाको सहकार्यमा भकुण्डेमा भएको ३ दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ । पतंजली योग समिति बागमती प्रदेश प्रमुख ग्रुवेन तौजलेले उद्घाटन गर्नुभएको शिविरको प्रमुख प्रसिसेक रहनुभएका प्रमुख अतिथि तौजलेले योग विज्ञान शिविरबाट सिकेका योग साधना र दैनिक प्रणायमले स्वस्थ्य जीवन जीउन सहयोग पुग्ने बताउनुभयो । उक्त शिविरमा पतंजली योग समिति बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, काभ्रे जिल्ला अध्यक्ष प्रकास कायस्थ, निवर्तमान अध्यक्ष अनु श्रेष्ठ, उपाध्यक्ष कमला राजभण्डारी, महामन्त्रीद्वय स्याम कुमार श्रेष्ठ, लक्ष्मी उलक, संगठन मन्त्री कान्छा कुमार श्रेष्ठ, कोषाध्यक्ष सुन्दर प्रसाद कारञ्जीत, नवबुद्ध नगर समितिका अध्यक्ष मैना उप्रेती श्रेष्ठ, लगायतका पदाधीकारीहरु र योग साधक साधिकाहरु उपस्थिति रहेको उक्त शिविरमा १०० जना भन्दा बढीको सहभागी रहेको सञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले जानकारी दिनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्