बनेपा नगरपालिकाको आयोजनामा सातौ नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड २०८२ गत मंगलबार सम्पन्न भएको छ । जसमा बेलर इन्टरनेशनल एकेडेमीले पहिलो स्थान हासिल गरेको छ । नगरपालिकाका कूल ३६ संस्थागत र सामुदायिक विद्यालयले भाग लिएको प्रतियोगितामा २ हजार २९६ विद्यार्थीहरु सहभागी प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी वागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले खेल खेल्नका लागि मात्रै नभई स्वस्थ, अनुशासित, जिम्मेवारी र राष्ट्रका लागि समेत महत्त्वपूर्ण रहेको बताउनुभयो । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, शिक्षासँगै खेलकुद तथा खेलकुदसँगै शिक्षा “भन्ने मुल नाराका साथ मंसिर १२ गतेदेखि शुरु भएको प्रतियोगिता नगर प्रमुख शान्तिरत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, उपसचिव देवराज निरौला, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो । राष्ट्रपति रनिङ सिल्ड बेलर इन्टरनेश्नल एकेडेमीले हात पारेको छ । प्रतियोगीतामा प्रथम, दुतीय र तृतीय हुनेहरुलाई प्रशंसापत्र र मेडल प्रदान गरिएको थियो ।
