IMG-LOGO

सुनिल संगम बेलायतमा सम्मानित

 मंगल, मंसिर २४, २०८२  --

 

 

     विश्व नेपाली साहित्य महासंघ बेलायत दक्षिण शाखाले ३० नोभेम्वर २०२५ शिनिबार बेलायतको आश्फोर्ड केन्टमा एक भव्य साहित्यिक कार्यक्रमको आयोजना गरि गीतकार एवं साहित्यकार सुनिल संगमलाई खादा र प्रशंसा–प्रत्र सहित सम्मान गरेको छ । संगमसँगै नेपाली कलाकार प्रस्तोता समाज बेलायतका अध्यक्ष गायक÷संगीतकार थिर थापालाई पनि सम्मान गरिएको थियो ।

     विश्व नेपाली साहित्य महासंघ बेलायत दक्षिण शाखाका अध्यक्ष सर्वधन थुलुङको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष एव् विश्व नेपाली साहित्य महासंघका पूर्व केन्द्रीय अध्यक्ष साहित्यकार विस्वास दीप तिगेला प्रमुख अतिथी थिए भने कार्यक्रमलाई सचिव लाहाङ चेम्जोङले सन्चालन गरेका थिए । काक्र्रममा विस्वास दीप तिगेला, सर्वधन थुलुङ, दिपा लिम्बू, औतारी साइँला, गणेश पुन, थिर थापा, सुनिल संगम, नरेश बिक्रम नेम्वाङ, लाहाङ चेम्जोङ, ज्ञानु लिम्बू चरपे, देव लिम्बू लगायतले आ–आफ्ना रचनाहरू वाचन गरेको थिए ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्