“अपाङ्गता समावेशी समाजको प्रवद्र्धनस् सामाजिक उन्नतिको संवद्र्धनू भन्ने राष्र्टिय नाराका साथ अपाङ्गता भएका ब्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा पोर्टेज तथा पुनस्र्थापन संस्था नेपालबाट बिशेष तथा समावेशी बिद्यालय र घरमा आधारित प्रारम्भिक शिक्षाका बिद्यार्थीहरुको दौड, बेलुन फुटाउने, टावर ढाल्ने, मकै भर्ने, बिष्कुट खाने लगायतका खेलकुद प्रतियोगिता, पुरस्कार प्रदानका साथै संस्थालाई सहयोग गर्नु हुने महानुभावहरु एवं संस्थाहरुलाई दोसल्ला र प्रशंसा पत्रबाट सम्मान कार्यक्रम २०८२ मंसिर १९ गते शुक्रबार गरेको छं । संस्थाका अध्यक्ष सुरथ बहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख आतित्थ्यता बागमती प्रदेश, सामाजिक विकास मन्त्री माननिय श्री कञ्चन चन्द्र बादेज्यु हुनु हुन्थ्यो ।
कार्यक्रममा प्रमुख आतिथि मन्त्री कञ्चन चन्द्र बादेले सबै प्रकारका अपाङ्गता बालबालिकाहरुलाई समेतेर बिगत लामो समय देखि नेपाल कै उदाहरणीय रुपमा गर्दै आएको कामको बारे आफु परिचित रहेको र कार्यक्रमलाई अझ सशक्त, प्रभावकारी तथा बिस्तारित गर्नमा आबश्यक छलफल गरेर सहयोग गर्ने प्रतिवद्धता जनाउनु हुन्दै सहयोगि दाताहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नु भयो ।
संस्थाका उपाध्यक्ष श्रीकृष्ण घिमिरेबाट स्वागत मन्तव्य, संस्थाका निर्देशक मणिराज श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस, पोर्टेज छिटो प्रतिरोधात्मक कार्यक्रम, समावेशी शिक्षाको आबश्यक्ता र महत्व, संस्थाबाट संचालन भै रहेको कार्यक्रम, चुनौती लगायतका बारेमा संक्षिप्त जानकारी दिनु भएको थियो भने सम्मानित हुनु हुनेहरु मध्ये समाज सेवी तथा महिला उद्यमी मिना लामा र बनेपा जुनियर जेसिज्का अध्यक्ष श्रीया मानन्धरले संस्थाले गरिरहेको कार्यको प्रशंसा गर्नुका साथै आगामी दिनमा पनि संस्थाको कार्यहरुमा सफला मिलि रहोस र आफुहरुले निरन्तर सहयोग गर्दै जाने बताउनु भयो ।
सो कार्यक्रममा संस्थाबाट सेवा पाईरहेका बिद्यार्थीहरुबाट नृत्य प्रस्तुत गर्नु भएको थियो भने संस्थाका अध्यक्षले प्रमुख अतिथिलाई मायोको चिनो प्रदान गर्नु हुन्दै, प्रमुख अतिथि, बिशिष्ट अतिथिहरु लगायत उपस्थित सबै र सहयोगि सैबैलाई धन्यवाद दिनुका साथै कार्यक्रम समापन गर्नु भयो । उक्त कार्यक्रम संस्थाका सचिव बलराम दाहाले गर्नु भएको थियो ।
