IMG-LOGO

बिहामा बेहोस, बेहुलीको निधन

 मंगल, मंसिर २४, २०८२  --

     विवाहकै दिन बेहोस बेहुलीको निधन, ललितपुरको महाङ्काल गाउँपालिका–४ कालेश्वर तिखेढुङ्गाकी शुभद्रा सापकोटाको उपचारको क्रममा अल्पायुमै दुखद निधन भएको छ । मङ्सिर ६ गते मात्र सिन्धुपाल्चोकको नेपाल परिवारमा विवाह भएकी शुभद्रालाई बिहे भएको दिन नै एक्कासी बिरामी (प्यान्क्रियाजको समस्या) भएपछि माइतीबाटै अन्माइएका कारण उनले नयाँ घरमा प्रवेश गर्नसमेत पाइनन् । वीर अस्पतालको आइसियूमा उपचार भइरहेका बेला २०८२ मङ्सिर २० गते उनको निधन भएको हो । शुभद्रा मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित जय सरस्वती आधारभूत विद्यालयकी शिक्षिकासमेत हुन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्