चेतना, पसिना, औजार र विचारको क्रान्ति भन्ने मुल नाराका साथ स्थापीत श्राम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ काभ्रेको बनेपामा आउने भएका छन् । धरान उपमहानगरपालिकाका नगर प्रमुख समेत रहेका हर्क साम्पाङ संगठन विस्तारका लागि बनेपा आउने कुरा श्रम संस्कृति पार्टाका केन्द्रीय सदस्य समेत रहेका भुम्लु गाउँपालिका वडा नं. ५ का डुक्मा दोर्जे लामाले काभ्रे टाइम्सलाई बताउनुभयो । श्रम संस्कृति पार्टी जिल्ला समिति काभ्रेको आयोजनामा हुने सभा अरनिको पार्टी प्यालेसमा भब्यरुपमा सम्पन्न गर्ने आयोजकले जनाएको छ । आज काभ्रेमा जिल्ला कमीटी समेत गठन गर्ने बताइएको छ । उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष देवराज लामा, महासचिव आर्यान राइ समेत आउने आयोजकले जनाएको छ ।
