IMG-LOGO

काभ्रेपलान्चोक सेवा समाज कतारद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

 मंगल, मंसिर १७, २०८२  – बिनिता थापा प्रशिक्षार्थी पत्रकार

 

     काभ्रे, सामाजिक उत्तरदायित्व र मानव सेवामा समर्पित कतार सेवा समाजले जाडोको कठोर मौसमलाई लक्षित गर्दै काभ्रेको एक विपन्न समुदायमा अवस्थित विद्यालयका छात्र–छात्रालाई न्यानो कपडा वितरण गरेको छ । समाजले जाडोमा जोखिममा पर्ने बालबालिकालाई प्राथमिकता दिंदै स्वेटर, ट्रयाक ट्राउजर, टोपी, मोजा लगायत जाडोयामका आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।

     यस अभियानलाई समाजले “कोही पनि बालक जाडोको कारण सिकाइबाट वञ्चित नहोस्” भन्ने उद्देश्यसहित सञ्चालन गरेको छ । कतारमा बसेर मेहनत गरिरहेका नेपालीहरूको सामूहिक योगदानमा सम्पन्न यो पहलले शिक्षा, स्वास्थ्य र बालअधिकार संरक्षणतर्फ महत्वपूर्ण कदम चालेको समाजका पूर्व अध्यक्ष नारायण विष्टले बताउनुभयो ।

     विद्यालय प्रशासनले सहयोगप्रति आभार व्यक्त गर्दै भन्यो—“यो सहयोग केवल लुगा होइन, यो त बालबालिकाको भविष्य सुरक्षित गर्ने हात हो ।” कतार सेवा समाजका प्रतिनिधिहरूले आगामी दिनमा पनि ग्रामीण भेग, विपन्न परिवार र जोखिमग्रस्त बालबालिकालाई लक्षित निरन्तर सामाजिक अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । काभ्रेपलाञ्चोक सेवा समाज कतारका अध्यक्ष तिलक श्रेष्ठ, उपाध्यक्ष रामहरि न्यौपाने लगायत कार्यसमितिको सक्रियतामा न्यानो कपडा वितरण गरेको समाजले जनाएको छ ।

     त्यसैगरी श्री महादेव आधारभूत विद्यालय भुम्लो गाउँपालिका ४ चौबासपोखरी ३४ थान ट्रयाकसुट सेट, श्री सूर्योदय प्रावि चौरी देउराली देउराली ९ गोठपानी ३९ थान ट्रयाकसुट सेट, श्री भुसुने कालीदेवी प्रावी रोशी २ काभ्रे २७ थान ट्रयाकसुट सेट, श्री धनलक्ष्मी प्रावि बेथानचोक ६ थिङ छाप ३८ स्थान ट्रयाकसुट सेट, श्री कपुर महाङ्काल प्रावी बेथानचोक ४ काभ्रे २३ थान ट्रयाकसुट सेट, श्री कुशेश्वर माध्यमिक विद्यालय तेमाल ९ मेछेपौवा ७१ थान ट्रयाकसुट सेट, श्री नैमि सारण्य ः संस्कृत गुरुकुलमः बनेपा ६ गोसाईथान ६१ थान ट्रयाकसुट सेट वितरण गर्नुका साथै विभिन्न शैक्षिक सामग्रीहरू समेत वितरण गरेको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्