IMG-LOGO

आभाष साकोसको स्थापना दिवसमा रक्तदान

 मंगल, मंसिर १७, २०८२  – सञ्जिता तिमल्सिना, प्रशिक्षार्थी पत्रकार

     बनेपा । काभ्रेको बनेपा नगरपालिका वडानम्बर ८ स्थित आभाष बचत तथा ऋण सहकारी संस्थाले आइतबार आयोजना गरेको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् । संस्थाले आफ्नो १६ औं वार्षिक उत्सवको अवसर पारेर खुल्ला रक्तदानको आयोजना गरेको थियो । जसमा संस्थाका संस्थापक अध्यक्ष सुरकृष्ण वैद्यलगायत १२ जनाले रक्तदान गर्नुभएको संस्थाका प्रमुख प्रबन्धक सुवास वैद्यले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र ब्लड डोनर्स काभ्रे शाखाको प्राविधिक सहयोगमा रक्तदान भएको कार्यक्रम संस्थाका अध्यक्ष ग्रुवेन तौजलेको सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्