२०८२ मंसिर २७ देखि २९ गते सम्म हुने नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको लागि काभ्रेपलान्चोक जिल्लाबाट ठूलो रश्शाकस्सी बिच शनिबार सर्बसम्मत प्रतिनिधि भएका छन् । सर्वसम्मत रूपमा चयन भएका प्रतिनिधिहरूमा क्षेत्र नम्बर १ बाट राजन भुर्तेल खुल्ला, चन्द्र लामा खुल्ला, अमित लामा खुल्ला, देबसागर लामा खुल्ला, ठाकुर बस्कोटा खुल्ला, ज्ञान बहादुर लामा खुल्ला, जेनिश लामा युवा, पवित्रा भुर्तेल महिला, उमा थापा महिला, गीता लामा महिला, गीता बन्जारा महिला गरि ११ जना छनौट भएका छन् । त्यसैगरी क्षेत्र नम्बर २ बाट भिम न्यौपाने खुल्ला, अशोक ब्यान्जु खुल्ला, कुमार थापा खुल्ला, हरिशरण दाहाल खुल्ला, रत्नकुश रन्जितकार खुल्ला, प्रेम लामा खुल्ला, कन्चन अधिकारी खुल्ला, ईश्वर बल्लभ सापकोटा युवा, निर्मला शाही महिला, उन्नति केसि महिला, रिता ढकाल महिला र सरिता रायमाझी महिला गरी १२ जना र क्षेत्र नं. १ बाट ११ गरी २३ जना र उत्पीडित तर्फबाट मदन बि क एक गरी २४ जना प्रतिनिधि छनौट भएका छन् ।
