IMG-LOGO

महेन्द्र मा.वि.मा बिजेता विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र

 मंगल, मंसिर १७, २०८२  – सविना खड्का, प्रशिक्षार्थी पत्रकार

 

     बनेपा, नगरपालिका वडा नं. १३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा यहि मंसिर २ देखि ५ गते सम्म संचालन भएको खेलकुद सप्ताहका बिजेता भाईबहिनिहरुलाई मंसिर १० गते बुधबारका दिन एक कार्यक्रमको आयोजना गरि मेडल तथा प्रमाणपत्र वितरण गरियो । बिजेता १८१ जना विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्रको सौजन्य जागृति आधारभूत विद्यालयका पूर्व प्र.अ. राजु बस्नेत, बनेपा वडा नं १३ का समाजसेवी राजभाइ धौगोडा र लाइन्स क्लव अफ काठमाडौं पञ्चशील (क्लब नं. १२६२१५) ले गर्नु भएको थियो । विद्यालयका सहायक प्र.अ. राज कुमार आचार्यले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्व वि.व्य.स. अध्यक्ष प्रकाश चन्द्र जोशीले गर्नु भएको थियो । विद्यालयका प्र.अ. गोपाल प्रसाद तिमल्सिनाले स्वागत मन्तव्य राख्नुभएको थियो भने समाजसेवी राजभाइ धौगोडा, लायन्स क्लब अफ काठमाडौंका सभापति बुद्धरत्न मानन्धर, पूर्व सभापति छेवाङ भुटिया र रिजन चेयरपर्शन सुदिप अधिकारीले मन्तव्य राख्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्