IMG-LOGO

मण्डनदेउपुर नपामा बालमैत्री स्थानीय तह घोषणा कार्यक्रम सम्पन्न

 मंगल, मंसिर १७, २०८२  – हरिनाथ न्यौपाने

 

     बालमैत्री स्थानीय तह घोषणा तथा कार्ययोजना निर्माण सम्बन्धि अन्तरपालिका अभिमुखिकरण कार्यक्रम एवं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम शुक्रबार मण्डनदेउपुर न.पा को सभाहलमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजना तथा मण्डनदेउपुर न.पा. को ब्यबस्थापनमा सम्पन्न भएको कार्यक्रम जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मण्डनदेउपुर न.पा., पाँचखाल न.पा., भुम्लु गा.पा. र चौरिदेउराली गा.पा.को प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्रमुख अतिथी गौतमले सम्बन्धित पालिकाहरुलाई ५१ वटा सूचकहरु पूरा गरि बालमैत्री स्थानीय शासन घोषणा गर्न लगनशील भएर कार्य गर्न अनुरोध गर्नुभयो । भुम्लु गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलले आगामी एक वर्षभित्र आफ्नो पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले ०८४ सालसम्म जसरी पनि कार्यान्वयन गरिछाड्ने उल्लेख गर्नुभयो । त्यसैगरी चौंरीदेउरालीका अध्यक्ष रेणुका चौंलागाईंले बालमैत्री स्थानीय शासन घोषणा चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै कार्यान्वयन गर्नै नसकिने भने नभएको बताउनुभयो । कार्यक्रमका सभापति एवं मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवाले वडाध्यक्षहरुले यसमा केही प्रतिशत बजेट छुट्याएर विशेष कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिसस उपप्रमुख रिमबहादुर तामाङ, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेका प्रमुख सविता दंगाल, जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति, सामाजिक विकास कार्यालय काभ्रेका प्रमुख रनमाया फ्याक लगायत विभिन्न पालिकाका वडाध्यक्ष तथा सहभागी विद्यार्थीहरुले बालमैत्री स्थानीय शासन घोषणा कार्यमा एक्यवद्धता जनाएका थिए । मण्डनदेउपुरका उपप्रमुख विष्णुमणि नेपालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन मण्डनदेउपुरका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले गर्नुभएको थियोे ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्