IMG-LOGO

बनेपा नगरस्तरीय ७ औं अन्तर विद्यालय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता

 मंगल, मंसिर १७, २०८२  – संध्या खत्री प्रशिक्षार्थी पत्रकार

 

     बनेपा, बनेपा नगरपालिकाले हरेक वर्ष गर्दै आएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८२ शुक्रबारबाट ४ दिन मंगलबार सम्म नगरस्तरीय खेलकुद सञ्चालन गर्ने भएको छ । शुक्रबार एक समारोहबिच नेपाल पोलितेक्निक इन्स्टिच्यूट खेलमैदानमा नगरप्रमुख शान्तिरत्न शाक्य र उप–प्रमुख विमला सापकोटा दाहालले परेवा उडाएर उद्घाटन गर्नुभयो । नगर प्रमुख शान्तिरत्न शाक्यले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले विद्यार्थीहरुको शारिरिक तथा मानसिक विकास हुनुका साथै नगर र देशलाई चिनाउन समेत महत्वपूर्ण भूमिका हुने कुरा बताउनुभयो । बनेपा नगरपालिकाले नगरको शिक्षा स्वास्थ्य क्षेत्रको स्तरीय विकास गर्न निरन्तर लागि परेको र शिक्षामा परिणाममुखी उपलब्धी हासिल भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, बनेपा वडा नं. ५ का अध्यक्ष बलराम अधिकारी, ८ की अध्यक्ष शुभलक्ष्मी मानन्धर, वडा सदस्यहरु, नगरका सामुदायिक, संस्थागत विद्यालयका छात्रछात्रा, शिक्षक वर्गको सहभागीता रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख देवराज निरौला, शाखा अधिकृत शिवराज त्रिपाठी, प्राविधिक प्रमुख शुरेश थापा, प्रशासनका जीवन बरुवाल, शिक्षा शाखाकी मिरा पन्त, सिद्धार्थ कलेजका प्रमुख एवं बनेपा स्काउट संयोजक पुकार कारञ्जीत, स्काउट शिक्षक रोजीमुनाकर्मी, ज्ञानु दाहाल लगाएतले विद्यार्थीहरुको मार्चपासलाई सहजीकरण गर्नुभएको थियो । मंसिर १६ गते सम्म सञ्चालित खेलकुद प्रतियोगितामा सामुदायिक माध्यामिक १७, आधारभूत १० गरी २७, त्यसैगरी संस्थागत विद्यालय ४९ वटा विद्यालय गरी ७१ विद्यालयका दुईहजार दुईसय ९६ विद्यार्थीहरुले राष्ट्रपति रनिङ्ग शिल्डमा भाग लिएको शिक्षा शाखाकी प्रतिनिधि मिरा पन्तले जानकारी दिनुभयो । टेवल टेनिस, भलिवल, कपडी, एथलेटिक्स, खेल अन्तरगत सर्टफुट, ज्याम्लीङथ्रो, त्रीपलजम लङजम, हाइजम त्यसैगरी रिले खेलमा बनेपा नगरका ७१ विद्यालयका दुई हजार दुई सय ९६ विद्यार्थीहरुले राष्ट्रपति रनिङ्ग शिल्डमा भाग लिएको कुरा बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख देवराज निरौलाले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्