धुलिखेल काभ्रेमा १३ हजार ४ सय ३७ मतदाता थपिएका छन् । प्रतिनिधि सभा सदस्य संघीय सांसदको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले गत मंसिर ५ गते सम्म पतदाता नाववली दर्ता गर्ने समय सिमा तोकेको अवधिमा काभ्रे जिल्लामा उत्साहप्रद ढङ्गबाट मतदाता नाववलीमा नाम दर्ता गरेको कुरा निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी दिनेश अधिकारीका अनुसार काभ्रेमा दुई हजार ८ सय ४६ पुरुष, २ हजार २७ महिला, ८ हजार ५ सय ६४ एनआइडी घरबाट नै अनलाइन मार्पmत मतदाता नामवलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा १३ हजार ४ सय ३७ नयाँ मतदाता थपिएका हुन् । गत भाद्र २३ र २४ गतेको जेन–जी आन्दोलनको वलमा गठन भएको शुसीला कार्की नेतृत्वको सरकारले निर्वाचनको वातावरण तयार भएको आयोगमा १ सय २६ दलले निवेदन दिएको जनाएको छ । जिल्ला निर्वाचन काभ्रे धुलिखेलका कम्यूटर अपरेटर नरेश मानन्धरले बाहिरी जिल्लाका पुरुष ५ सय २१, महिला ३ सय १ गरी ८ सय २२ ले मतदाता नामावलिमा नाम दर्ता गराएको जनाउनुभयो । फागुण २१ गते निर्वाचनको दिनसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिले नाम दर्ता गर्न सक्ने छन् ।
