IMG-LOGO

काभ्रे टाइम्स पुनः ‘क’ वर्गमा

 मंगल, मंसिर १७, २०८२  --

 

     विगत २९ वर्ष देखि निरन्तर प्रकाशित काभ्रेको अग्रेणी पत्रिका काभ्रे टाइम्स साप्ताहिक बागमती प्रदेशको प्रदेश स्तरको ‘क’ वर्गमा वर्गीकरणमा परेको छ । प्रेस काउन्सिल नेपालले हिजो आ.व. ०७९÷०८० को पत्र पत्रिका वर्गीकरण मुल्याङ भनेको प्रारम्भीक नतिजा सार्वजनिक गरेको हो । वर्गीकरणमा परेको पत्रपत्रिका ८ सय २६, कागजात अपुगभइ स्थगन भएका २२, हुवहु भइ वर्गीकरणमा नपरेका ४७ रहेको प्रेस काउन्सिल नेपालले जनाएको छ । आवेदन भर्ने जम्मा पत्रपत्रिका ८ सय ९४ रहेका छन् । क वर्गमा २०४, ख मा ४६२, ग वर्गमा १५४, घ वर्गमा १५४, त्यस्तै गरी स्तर अनुसार वर्गीकरण राष्ट्रिय १४०, प्रदेश १४२, स्थानीय ५४४ गरी ८ सय २६ वटा रहेका छन् । प्रकार अनुसार दैनिक १ सय ८२ अर्घ साप्ताहिक ३, साप्ताहिक ४ सय ७३, पाक्षिक १२, मासिक ७८, दैमासिक ४, त्रैमासिक ६ वटा, साहित्यीक ५६ भाषाभाषी १२ वटा रहेका छन् । काभ्रेबाट प्रदेश स्तरमा काभ्रे टाइम्स र चेष्टा साप्ताहिक मात्र क वर्गमा परेका छन् । प्रभातफेरी, काभ्रे पोष्ट, स्थानीय क, नयाँ संचार दर्शन, काभ्रे सन्देश, काभ्रे प्रवाह, हाम्रो इन्द्रावती, जनप्रतिरोध स्थानीय ख, सञ्जीवनी पत्र स्थानीय क, नवक्षितिज, मध्यमार्ग स्थानीय ख, रोशी, पलाञ्चोक र बेथानचोक साप्ताहिक स्थानीय क, सुसन्देश, रोशी खबर, तपाँई हाम्रो साप्ताहिक स्थानीय ख, जनमत मासिक साहित्यिक राष्ट्रिय क, अक्षर मार्ग त्रैमासिक, साहित्यक राष्ट्रिय क, सचेतना सञ्चार त्रैमासिक साहित्यिक स्थानीय ख वर्गमा परेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्