लोक गायक मच्छेश्वर सापकोटाले गीत गाउन थालेको ६० बर्ष पुगेको छ । २००७ साल मङ्सिर १६ गते काभ्रे जिल्लाको रयाले बिहाबरमा जन्मनु भएका सापकोटा लोक गीत र भजन गायनमा अझै सक्रिय र लोकप्रियता कायम छ । काभ्रे टाइम्स साप्ताहिकले उहाँ बारे एक बर्षसम्म विभिन्न आयाम प्रकाशनमा ल्याउने र उहाँ जस्तै काभ्रेली जेष्ठ कलाकारहरु बारेमा खोजी गर्दै आम पाठकलाई जानकारी दिने अठोट छ । त्यसै सिलसिलामा आज हामीले लोक गायक सापकोटा बारेको बिस्तृत अनतरवार्ता ५ पेजमा प्रकाशन गरेका छौ । मरेपछि सम्मान र बखान गर्ने हाम्रो समाजमा हामी जिउँदो हुँदै सम्मान प्रकट गर्न चाहान्छौ । हिरक जन्मोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दै आउँदा दिनमा उहाँबारेका लेख स्मरण लेखेर हामीलाई उपलब्ध गराउन हुन सम्बन्धित सबैमा विनम्र आग्रह छ ।
– प्रधान सम्पादक
