धनेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि. बनेपाको २५ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष बद्रीप्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न भयो । उपाध्यक्ष विश्वमाया श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा सचिव श्यामकुमार भालुले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष उमेश रत्न शाक्यले आ.व. २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन र भावी वार्षिक बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक सुरेश भक्त भोछिभोयाले लेखा प्रविवेदन प्रस्तुत गर्नुभयो । ६६ लाख ७० हजार ३ सय शेयर पूँजी रहेको संस्थाको बचत निक्षेप ११ करोड ५२ लाख ४० हजार ५ सय रहेको छ । दश करोड १३ लाख ५७ हजार कर्जा लगानी, ५ लाख ७१ हजार ५ सय १६ स्थीर सम्पती रहेको संस्थाको आ.व. २०८१÷०८२ को खुदनाफा १ लाख ८७ हजार ६५ रहेको छ ।
