काभ्रे – ज्योती एकेडेमीले आयोजना गरेको पहिलो ‘किण्डर ओलम्पिक्स–२०८२’ उत्साहजनक वातावरणमा सम्पन्न भएको छ । बालबालिकालाई खेलकुदप्रति प्रेरित गर्ने उद्देश्यसहित आयोजित यो प्रतियोगितामा यू ःके ःजी देखि कक्षा २ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता थियो । कार्यक्रमका सभापति तथा विद्यालयका अध्यक्ष त्रिरत्न मानन्धरले बालमैत्री खेलकुद गतिविधिले विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउँदै विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी प्रधानाध्यापक महेन्द्र विष्टले किण्डर ओलम्पिक्सले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धा, अनुशासन र टोली भावना विकास गर्न सहयोग पु¥याएको बताए । अभिभावकहरूको उपस्थिति र विद्यार्थीको उत्साहले कार्यक्रम थप आकर्षक बनेको विद्यालयले जनाएको छ । उत्कृष्ट प्रदर्शन गर्ने बालबालिकालाई मेडल, प्रमाणपत्र तथा प्रोत्साहन पुरस्कारले सम्मान गरिएको थियो ।
